Wednesday 31st December 2025

पन्चे बाजा समुहको दोस्रो अधिबेशन एबम साँस्कृतिक कार्यकम अप्रिल १४मा हुने


रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथमा गरिने संरक्षक बीबी मल्ल ठकुरीले जानकारी दिएका छन । पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आगामी  अप्रिल १४ मा सस्थाको दोस्रो अधिबेशन  नेपाली नयाँ बर्षको  स्वागत  नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन्  समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन  । साथै अथिति कलाकारको बारेमा  कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने  बताईएको छ ।
पन्चे बाजा समुहले कुवेतमा हुने  हरेक साँस्कृतिक कार्यक्रमहरुमा पन्चे बाजा घन्काएर कुवेतबासी  नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ  ।
कार्यक्रम अथिति चर्चित कलाकारको साथमा अप्रिल १४ तारिख शुक्रबार  

सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...