Wednesday 28th October 2026

कुवेतको श्रम बजारमा नेपाल,सातौ स्थानमा-पहिलो भारत


तितोपाटी- सेप्टेम्बर २०२२ को अन्त्य सम्म कुवेत श्रम बजारको आधिकारिक तथ्याङ्क अनुसार, घरेलु कामदारबाहेक कुवेतमा श्रम बजारले २०२२ को पहिलो नौ महिनामा लगभग २ लाख १२ हजार,२ सय ५० जना आप्रवासीहरु कुवेत भित्रिएका छन।

जस मध्य सेप्टेम्बर २०२२ को अन्त्य सम्मको श्रम बजार तथ्याङ्कले देखाए अनुसार भारत पछिल्लो अवधिमा इजिप्ट दोस्रो स्थानमा झरे संगै पहिलो सूचीमा उक्लीएको छ।

कुन देशको कती स्थानमा छ ?

कुवेतको श्रमबजारमा–पहिलो भारत, दोश्रो इजिप्ट, तेश्रो कुवेत, चौथो बंगलादेश, पाचौ फिलिपिन्स, छैटौं स्थानमा सिरिया, छ भने सातौ स्थानमा नेपाल रहेको छ, २०२१ डिसेम्बरको अन्त्यमा नेपालीकोकुल संख्या रहेको ३८ हजार जनाको संख्या रहेको थियो भने, नौ महीनामा १८ हजार ५ सय कामदार थपिए संगै सेप्टेम्बर २०२२ को अन्तमा लगभग ५६ हजार ५ सय पुरुष र महिला कामदारहरू कुवेतमा रहेको बताउदै डिसेम्बर २०२१ को अन्तमा कुल ३८ हजार रहेको अल–अन्बा दैनिक रिपोर्टले जनाएको छ। त्यस्तै आठौ स्थानमा जोर्डन, रहे संगै ईरानलाई पछी पार्दै लेबनान दशौ इस्थान भित्र परेको छ।

कुवेतमा घरेलु कामदारको चौथो सूचीमा नेपाल-पहिलो भारत


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...