Thursday 26th December 2024

सावधान ! तपाईले विषाक्त मदिरा सेवन गरिरहनु भएको त छैन ?


चन्द्र गोतामे – वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको छ ।

नेपाली कामदारले कुवेत प्रवेश गर्नु अगावै यहाँको नीति, नियम र कामको लागि वैदेशिक रोजगार अभिमुखीकरण तालिम लिन आवश्यक पर्दछ । प्रायः विदेश आउने श्रमिकले वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तालिम लिएर आएका हुन्छ्न । यदी अभिमुखीकरण तालिम बिना कुवेत आउदै हुनुहुन्छ भने यहाँको बारेमा सोधपुछ गरेर भए पनि सामान्य जानकारीसम्म लिन आवश्यक पर्दछ ।

मध्यपूर्वीय देश मध्ये कुवेत यस्तो देश हो जहाँ मदिरा उत्पादन, बेचबिखन, जुवातास र लागुपदार्थ सेवन गर्न पुर्णरुपमा प्रतिबन्धित छ । त्यसैगरी कुनै पनि गैरकानूनी कार्य गर्न सख्त मनाही छ तर पनि लुकीछिपी मदिरा उत्पादन र बेचबिखन गर्ने कार्य भईरहेको पाईन्छ । गैरकानूनी कार्यमा नेपालीको समेत संलग्नता भएको पाइन्छ । कतिपय नेपाली गैरकानूनी कार्य गरेकै आरोपमा पक्राउ परेर देश निकाला समेत भएका छन भने गम्भिर प्रकृतिका कृयाकलापमा पक्राउ परेका केहि नेपालीहरू कुवेतमा जेल जिवन पनि बिताइरहेका छन् । मदिरा उत्पादन र बेचबिखन गर्ने व्यक्तिलाई कुवेत सरकारले देश निकाला (डिपोर्ट) गर्दछ । कुवेतबाट देश निकाला भए पश्चात् पुनः कुवेत आउन मिल्दैन ।

कुवेतमा अवैधानिक रूपमा लुकीछिपी घरेलु मदिरा उत्पादन गरिने केन्द्रहरूमा अखाद्य रसायनहरु मिसावट गरेर मदिार उत्पादन हुन सक्ने अाशंकाहरू गरिए पनि त्यसको अाधिकारिक पुष्टी कहिँ कतैबाट भएको छैन तर मदिरा सेवन गरेर धेरै नेपालीले ज्यान समेत गुमाई सकेका छन । यहाँ उत्पादन हुने मदिरा विषाक्त हुन्छ भन्ने थाहा हुदाँ हुदै पनि किन सेवन गरिरहेका छन ? घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरैले सुतेकै ठाउँमा ज्यान गुमाई सकेका छन तर पनि सचेत किन हुन सकेका छैनन् ? कुवेतमा केही दिन पहिला पनि घरेलु उत्पादित विषाक्त मदिरा सेवन गरेर धेरै नेपाली सिकिस्त बिरामी परेको खबर फेसबुकको वालमा बाहिरिएको थियो । यहाँ चाडबाड र छुट्टीको समयमा नेपालीले विषाक्त मदिरा अत्यधिक सेवन गर्ने गरेको पाईएको छ ।

कुवेतको नेपाली समाजमा झण्डै ७ दर्जनको हाराहारीमा नेपाली संघ संस्था गठन भए पनि यी संघ संस्थाले यहाँको मदिरा सेवन गर्न हुदैन भनेर कुनै पनि सचेतनाको कार्यक्रम आयोजना गरेको पाईदैन । मदिरा कै कारण यहाँ संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्विजिवीले समेतले ज्यान गुमाई सकेका छन । विषाक्त मदिराले गर्दा पैसा खर्च र ज्यान समेत गुमाउन पर्ने हुन्छ ।

परदेशमा मदिराकै कारणले ज्यान गुमेपछि घर परिवारको भविष्य के होला ? घर परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर आएका परदेशीले मदिरामा ध्यान होइन घर परिवारलाई ध्यान दिन जरुरत पर्दछ । यहाँको विषाक्त मदिरामा खर्च गर्ने पैसा बचत गरेर घर परिवारलाई पठाउदा उचित हुन्छ । यहाँको विषाक्त मदिरा सेवन गर्न होशियार हुन पर्दछ । सावधान ! बेलैमा होसियार रहाैं अाफु पनि बाँचाै र अरूलाइ पनि बचाअाैं ।


सम्बन्धित शीर्षकहरु

रियाद: साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयले हालै नेपालमा आयोजित कुरान कण्ठ प्रतियोगिताका विजेताहरूलाई सम्मान गरेको छ, जसमा केटा र केटीहरूका…

दमास्कस - सिरियाली क्रिस्चियनहरूले एक दिन अघि हामा सहरमा क्रिसमसको रूखमा आगो लगाइएपछि आफ्नो धार्मिक अल्पसंख्यकलाई थप सुरक्षाको माग गर्दै…

उत्तर प्रदेशको सम्भल जिल्लाको लदाई सराई क्षेत्रमा बुलडोजरहरू प्रयोग गरी उत्खनन कार्यको क्रममा 50 वर्ष पुरानो स्टेपवेल फेला परेको थियो,…

प्रतिकृयाहरू
...