Wednesday 1st April 2026

तिन किराती सँस्थाहरुको आयोजनामा कुवेतमा मनाईयो “साकेला उधौली “


तितोपाटी- कुवेतमा पनि किरातीहरुको महान चाड साकेला उधौली भब्य कार्यक्रम आयोजना गरि शुक्रबार मनाईएको छ। कुवेतमा  सक्रिय  तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ उधौली साकेला धुमधामका साथ मनाईएको हो ।May be an image of 10 people, people standing and indoor

सुनुवार सेवा समाज शाखा कुवेतका सल्लाहकार भक्तराम सुनुवार अध्यक्षतामा  भएको कार्यक्रममा कुवेतका लागि नेपाली राजदुत  दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए। किरात राई यायोक्खा शाखा कुवेतका सक्रिय सदस्य माया राईले स्वागत मन्तब्यद्वारा उपस्थिति सबैलाई  स्वागत  गरेका थिए। कार्यक्रममा बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज  लामा,  आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल ठकुरी लगायत कुवेतमा सक्रिय  बिभिन्न नेपाली सँघ-संस्थाका  प्रतिनिधिहरुको उपस्थिति  रहेको थियो। सभापति, प्रमुख अतिथी र विशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रम अघि बढाईएको थियो  ।

कार्यक्रम सफलताको कामना गर्दै मन्तब्य दिनेहरुमा  प्रमुख अथिति महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी,  एनआरएनए कुवेतका अध्यक्ष रणध्वज  लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार  महासंघ कुवेत शाखाका उपाध्यक्ष एकराज मल्ल ठकुरी, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु, किरात याक्थुङ चुम्लुङ कुवेतका सल्लाहकार बल बहादुर काम्बाङ, किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राई, समाज कुवेतका सल्लाहकार अमर गुरुङ, एनआरएनए आइसिसी सदस्य हरि लावतीलगायत रहेका थिए  ।May be an image of 6 people, people standing and indoor

किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली चाडका रुपमा मनाउने गर्दछन्। अन्नबाली भित्र्याउने समय मंसिरमा साकेला उधौली र बिउबिजन लगाउने महिना वैशाखमा साकेला उभौली मनाउने गरिन्छ। साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका ३ किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। साथमा किराँत संस्कृतिका साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा, चमरलगायत बजाइएको थियो।

May be an image of 6 people and people standing

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए भने, तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली, कार्यक्रमलाई सुगन्ध भर्ने काम साथै कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलाएका  थिए।

May be an image of 10 people, people standing and indoor

No photo description available.May be an image of 6 people and people standing

 


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...