Friday 27th March 2026

इसेवा को ब्राण्ड एम्बेसेडर राजेश हमाल र युएईका लागि नेपालका राजदुत श्री कृष्ण प्रसाद ढकालवीच भेटवार्ता, वैधानिक रेमिट्यान्सलाई बढावा दिनेबारे छलफल


इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नेपाली सिने जगतका महानायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्।

भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै, हमाल र राजदुत ढकालवीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने बिषयमा समेत छलफल भएको थियो। इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको पूर्ण सफलताको कामना गर्नुहुँदै राजदुत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु बस्ने क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए। हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।

के हो त इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियान र यसको उद्देश्य ?
मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको साझा अभियान हो। विदेशबाट वैधानिक र डिजिटल माध्यमबाट नेपालमा पाउने व्यक्तिको बैंक खाता वा वालेटमा पैसा भित्राउँदै डिजिटल माध्यमबाट पठाउँदा हुने सहजताको प्रचार प्रसार गर्दै पैसा पठाउने र पाउने शैलीलाई डिजिटाइज गर्न मद्दत पुर्याउने र देशको अर्थतन्त्र सुदृधिकरणमा समेत मद्दत पुर्याउने यस अभियानको मुख्य उद्देश्य रहेको छ।

कसरी सहभागी बन्ने यस अभियानमा ?
विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पाउनुहुने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर अभियान अन्तर्गतको योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

के पाइन्छ यस अभियानमा सहभागी बने बापत ?
यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनै पिछे ६ महिनाको अवधिसम्म १ जनाले सर्प्राइज गिफ्ट प्याकेज पाउनुहुनेछ भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्नुहुनेछ।

इसेवा मनि ट्रान्सफरको बारे
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...