Wednesday 21st January 2026

आम चुनाव : ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा


निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइयो ।

मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सरकारले सतर्कता बढाएको हो ।मतदानस्थललाई संवेदनशील, अतिसंवेदनशील मानेर वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको गृहले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गृहसचिव विनोदप्रकाश सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताए ।

निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनका लागि प्रजिअको अधिकार प्रत्यायोजन गरेर सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताए । उनीहरूले मौन अवधिमा आचारसंहिताको विषयलाई समेत अनुगमन गर्ने बताए ।उनले निर्वाचनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको जानकारी दिए ।

-नेपाल प्रेसबाट

 


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...