Tuesday 27th January 2026

बाढीबाट सयौको मृत्यु


पाकिस्तानमा आएको बेमौसमी बाढी को हृदयविधारक दृष्यको अन्त नहुदै अफ्रिकन मुलुक नाईजेरिया मा सोही प्रकृतिको बाढीले जनजिवन तहसनहस बनाएको समाचार छ ।

अमेरिकन न्युज एजेन्सी सिएनएन का अनुसार कम्तिमा पनि त्यहाँ ५०० जनाको बाढीका कारण मृत्यु भएको छ भने १४ लाख मानिस बाढीग्रस्त क्षेत्रबाट अन्त सर्न परेको छ । त्यहाँका मानव सनसाधन मन्त्रीका अनुसार दशकौ पछि नाईजेरियाले यस्तो समस्या व्यहोर्न परेको हो । करिब १५ सय भन्दा धेरै घाईतेहरुको उद्धार गरिएको छ । बाढीका कारण त्यहाँ मानविय संकट आईपरेको छ । सरकारी प्रेस विज्ञप्तीमा अनुसार ४५ हजार २४९ घरहरु बाढीले पुन बस्नै नमिल्ने गरी पूर्ण रुपमा क्षति गरेको छ ।

पृथ्वीमा अनौठा प्रकारका प्राकृतिक प्रकोपहरु बढन थालेका ले यसको भविश्यको विषयमा समेत बैज्ञानिकहरुले चिन्ता व्यक्त गर्न थालेका छन । बेमौसमी बाढी, पहिलो र भूकम्प तथा सुनामीहरुले कुन देशमा के घटना घट्छ भनेर यसै भन्न नसक्ने अवस्था आएको देखिन्छ । जलबायु परिर्वतन ले पृथ्वीमा अनौठा प्राकृतिक घट्नाहरु घट्नुमा ठुला र विकशित मुलुक जिम्मेवार रहे पनि साना र गरिब मुलुकहरुले त्यसको मुल्य चुकाउन परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...