Tuesday 22nd September 2026

नेपाल कुवेत सांगीतिक धमाका भव्यरूपमा सम्पन्न


कुवेत – नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको वडा दशैँ तथा साँस्कृतिक गत शुक्रबार ३० सेप्टेम्बरका दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे।

दर्शकको बाक्लो उपस्थीतीमा प्रेम तामाङको सभापतित्व तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रनध्वज लामाको विशेष आतिथ्यता एवं BEC Exchange का प्रतिनिधि डम्मर गुरुङ जजीरा एयरका प्रतिनीधि नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल, जनजाति माहासंघका अध्यक्ष अमृत तामाङ लगाएत कुवेतमा कृयाशिल नेपाली संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरुको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम संयुक्त रुपमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि-दुर्गा प्रसाद भण्डारी,एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा बीईसी एक्स्चेन्ज प्रतिनिधि,जजीरा एयरलाइन्स प्रतिनिधि,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्लले नेपाल कुबेत सरोकार समाजले गरेका सामाजिक कार्यहरुको प्रसंशा गर्दै बडा दशै तथा तिहार २०७९ को शुभकामना दिएका थिए।

कार्यक्रम संचालन सुरेश ग्याबा तामाङले संचालन गरेका थिए भने कार्यक्रम संचालनकाे लागि प्रसाद तिमल्सिनाले साथ दिएका थिए। नेपाल कुवेत सरोकार समाजका सचिव कार्यक्रम संयोजक दामोदर बटालाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए।

तोकिएको समय भन्दा ढिला नै कार्यक्रम शुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाई पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए । नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालका कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमालले आफ्ना गीतहरुले दर्शकहरूलाइ खुब नचाएका थिए । BEC Exchange र City Express मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा जजिरा एयर सह-प्रायोजक रहेको थियो भने आयोजकले अतिथी कलाकार द्वयलाइ मायाको चिनोको सहित सम्मान पनि गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...