Thursday 25th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको नवरात्री विशेष ३१ जना स्रष्टा/सर्जकहरूका पञ्चाङ्गहरू


पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ०९ [नवौ]
————————————
“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला

………………………….

प्रवर्तक तथा परिकल्पनाकार
================
सोमनाथ लुइटेल “रवि पाल्पाली”

प्रशिक्षक:-
———–
गुणनिधि घिमिरे
तोयानाथ सुवेदी
घनस्याम पौडेल

भाषा शुद्धीकरण:-
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी

सङ्कलक :-
———-
सुशीला पौडेल & दुर्गा आचार्य

संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल ।
======================

अभ्यास संरचना
————
नवरत्री सुभारम्भ भएको हुँदा सम्पुर्ण पञ्चाङ्ग स्रष्टाहरूमा घटस्थापनाको हार्दिक शुभकामना ।

पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
अनुप्रास :- आफ्नो इच्चा
स्थायी :- आफ्नो इच्छा
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
जस्तै :-
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।

नवदुर्गा भजन गर्न गलो होस् [०१]
सम्पूर्णको कल्याण अनि भलो होस् [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

आशिष मिलोस् भगवती माताको [०३)
———————————

१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।

पर्वमा एकै ठाउँ बस्ने थलो होस् [०४]
प्रार्थना गर्दै जानेको नै खलो होस् [०५]

उदाहरण पञ्चाङ्ग [१]

नवदुर्गा भजन गर्न गलो होस् ।
सम्पूर्णको कल्याण अनि भलो होस् ।
आशिष मिलोस् भगवती माताको ,
पर्वमा एकै ठाउँ बस्ने थलो होस् ।
प्रार्थना गर्दै जानेको नै खलो होस् ।

💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

उदाहरण [२]

देख्नेलाई मेरो माया साह्रै रसिलो छ [०१]
बोलीचाली बाहिरको पनि हॅसिलो छ [०२]
परे पछि थाहा हुन्छ कस्तो रैछ भन्ने [०३]
भित्री व्यवहार भने अति कसिलो छ [०४]
जस्तोसुकै गरे पनि काम जसिलो छ [०५]

💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।

=========================
पञ्चाङ्ग [१]
[०१]
नवदुर्गा भजन गर्न गलो होस् ।
सम्पूर्णको कल्याण अनि भलो होस् ।
आशिष मिलोस् भगवती माताको ,
पर्वमा एकै ठाउँ बस्ने थलो होस् ।
प्रार्थना गर्दै जानेको नै खलो होस् ।
[०२]
महान पर्वको शुभकामना चढाउन पाउँ ।
वेद वेदान्तको संस्कृति सधैँ बढाउन पाउँ।
चलिआएको परम्परा आदर्श कायम राखौं ,
धर्म कर्म बारे विश्वमै कसै गढाउन पाउँ ।
हाम्रो संस्कृति संसारलाई नै पढाउन पाउँ ।
]०३]
यसपालिको दशैमा घरमै हुन्छु साथी ।
आमाबुबाको पाउ हृदयले छुन्छु साथी ।
धेरै बर्षको पर्खाइमा सँगै हुन पाएँ ,
पृयषीको मनको पीडा मैले धुन्छु साथी ।
बितेका दिन सम्झी एकान्तमा रुन्छु साथी ।

💢सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग [२]
०१]
देख्नेलाई मेरो माया साह्रै रसिलो छ ।
बोलीचाली बाहिरको पनि हॅसिलो छ ।
परे पछि थाहा हुन्छ कस्तो रैछ भन्ने ,
भित्री व्यवहार भने अति कसिलो छ ।
जस्तोसुकै गरे पनि काम जसिलो छ ।
०२]
भक्ति भाव रहोस् दुर्गा मातामा।
अधिष्ठात्री देवी शक्ति दातामा।
नवदुर्गाका नौ रूप धारिणी,
आश्विन शुक्लको शुरू सातामा।
ऑच नआओस् पवित्र नातामा।
[०३]
टन्न पैसा बोकेर आउनू।
बुट जुत्ता ठोकेर आउनू।
लाहुर फेरि फर्कने हौला,
मिनीबस रोकेर आउनू।
जाने दिन तोकेर आउनू।

💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।

पञ्चाङ्ग [०३]

म पनि नवरात्रको उपवास बसेको छु।
विधि सहित पूजा गर्न मन्दिर पसेको छु।
शक्तिस्वरूपा जगदम्बाको कृपा प्राप्त गरी,
लोभ र लालचलाई जित्न गोडा धसेको छु।
मातालाई प्रसन्न पार्न कम्मर कसेको छु।

💢 अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

पञ्चाङ्ग [०४]

नवदुर्गा माताकाे आशिर्वाद पराेस् याे वडा दसैँले।
साचेकाे कुरा पुगाेस् दु:ख नि हराेस् याे वडा दसैँले।
दशैँ आउँछ जान्छ तर दशा वनी नआओस् कसैमा।
सवैकाे मनभित्र पवित्रता भराेस् याे वडा दसैँले।
साना र ठुला सबैमा समृद्धि छराेस् याे वडा दसैँले।

💢उर्मिला के.शी. ,धनकुटा ।

पञ्चाङ्ग [०५]
०१]
मिलाएर यो दसैँमा घर आउनु पर्छ ।
अब देवी मन्दिरमा नित्य धाउनु पर्छ ।
बिजय दशमीको शुभकामना नि भन्दै ,
देवी माको नाममा भजन गाउनु पर्छ ।
सबैको मनमा आनन्द नै छाउनु पर्छ ।
०२]
गाउँमा मेरो एउटा सानो घर छ ।
मेरो प्यारो घरको छानोमा खर छ।
खै के बयान मेरो गाउँको महिमा ,
सधैं मलाई सानाे घरकै भर छ ।
यही नेपाली भै जिउने रहर छ ।

💢दुर्गा भट्टराई , मोरङ ।

पञ्चाङ्ग [०६]

कसैलाई कालो हुम्ला भन्ने डर ।
एकान्तमा बसी रुम्ला भन्ने डर ।
मलाई भने यो जन्मभूमि प्यारो,
चारैतर्फ वैरी घुम्ला भन्ने डर ।
माटोको अस्तित्व गुम्ला भन्ने डर ।

💢आर्त अकुलीन, कैलाली ।

पञ्चाङ्ग [०७]
०१]
दुर्गा माताको भजन गरुँ सबैले।
माता जननीको ज्ञान भरुँ सबैले।
भवानीले सबैको रक्षा गर्दिनु होस्,
दुर्गाको भजनले पार तरुँ सबैले।
दुर्गा आराधना ज्ञान छरुँ सबैले।
०२]
तिम्रो दिलको त्यो घाउमा मलम पट्टी गर्ने छु ।
चर्‍याई रहेको घाउमा शीतल थोपा छर्ने छु ।
संसारी मानव जीवन यस्तै नै हुदोरहेछ ,
तिम्रो जीवनमा अविस्मरणीय ज्ञान भर्ने छु ।
तिमीमा आइपरेको दुख कस्ट सबै हर्ने छु ।

💢बेदु न्यौपाने काठमाडौ ✍️ ।
Somnath
Somnath Luitel
पञ्चाङ्ग [०८]

तिम्रो घाउमा मलम पट्टी लगाउने छु।
लागेको रोग पीडा सबै नै भगाउने छु।
जिन्दगी जिन्दगी जस्तो बनाउनको लागि,
मैले भएका साधन श्रोत जगाउने छु।
अब हाम्रो सुन्दर संसार मगाउने छु।

💢सुशीला पौडेल काठमाडौं ।

पञ्चाङ्ग [०९]

म दिलको घाउ पुर्ने कोसिस गर्ने छु।
तिम्रो भए जति दुःख र पीडा हर्ने छु।
मान्छेको जिन्दगी अजीब हुँदो रहेछ,
सधैं तत्पर भै तिम्रो नजिक सर्ने छु।
जिन्दगी पूर्ण बनाउन भर पर्ने छु।

💢ह्यारिश ह्यारिसन , काठमाडौं ।

पञ्चाङ्ग [१०]

रक्षा सधै सबैको गरून् माताले।
सबैको कष्ट पीडा हरून् माताले।
सबैतिर खुसीयाली छावोस देशमा,
नेतामा चै सदबुध्दि छरून् माताले।
देशमा पर्ने सङ्कट हरून् माताले।

💢सीता शर्मा, बिरंगज ।

पञ्चाङ्ग [११]

नवदुर्गाले रक्षा गरून् सबैमा ।
सद्बुद्धि अनि शिक्षा छरून् सबैमा।
पीडा हटाई सुख शान्ति फैलाई,
संकट पन्छाउँदै चरून् सबैमा।
चरण परेँ दु:ख टरून् सबैमा ।

💢जमुना आचार्य, सिन्धुपाल्चोक।

पञ्चाङ्ग [१२]

वर्षैपिछ्छे शुभकामना दिएकै हाे।
ठूलाबाट आशीर्वाद नि लिएकै हाे।
के पुगेन देवी जी कहाँ भुल भयाे?
काँढैकाँढा बिच जिन्दगी जिएकै हाे।
नयनका अश्रुधारा नि पिएकै हाे ।

💢चन्द्रावती अधिकारी, दुरा डाँडा २ लमजुङ कोहलपुर बाँके ।

पञ्चाङ्ग [१३]
पहिलो प्रयास

तिम्रो निमित्त बाँच्न दिन गन्छ घरीघरी ।
पिठ पछाडि खेदो फेरि खन्छ घरीघरी।
नचिनेको मान्छेलाई भर कसरी गर्नु ,
कैले कैले पराय जस्तो बन्छ घरीघरी ।
दियो बिना बत्ती नबन भन्छ घरीघरी।

💢सन्जना शर्मा दाङ ।

पञ्चाङ्ग [१४]

परिस्थिति कठोर छ गरिवलाई मार छ।
महंगी चुल्याई हुनेलाई मस्त व्यापार छ।
बर्ष दिनको चाड पर्ब अाजदेखी भित्रियो,
हामी जनतालाई किन एस्तो अत्याचार छ।
अत्याचार नियन्त्रण गर्ने न सरकार छ।

💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
बिर्तामोड झापा ।

पञ्चाङ्ग [१५]

रूप अनेकौं छन् तिम्रा हे माता दुर्गा भवानी हाम्रै।
कहिले शैलपुत्री हौ कहिले ब्रह्मचारिनी हाम्रै।
गर्दछौ ति दुष्टको नास रूप अनेकौं धरी थरी ,
कहिले बन्दछौ चन्द्रघण्टा अनि कात्यायनी हाम्रै।
डुल्दछौ महागौरी बन्दै सिद्धिदात्री जननी हाम्रै।

💢 इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३ ।

पञ्चाङ्ग [१६]

बालपनको दसैँको त्यो रहर छैन ।
सम्झन्छु नि डुलेको त्यो गाउँ घर छैन ।
दशैको उत्साह छैन आज किन किन,
देखेर महगी रोक्ने नै सहर छैन ।
लाग्छ आज दसैँ मात्र त्यो कहर छैन।

💢देविकी के.सी. काठमाडौं ।

पञ्चाङ्ग [१७]

पहिले जस्तो रमाइलो हराउँदै गयो।
केही हुँदैन भन्दै काग कराउदै गयो।
सन्देश पनि सुन्न रुचाउदैन मान्छेले ,
चाडपर्वमा जनता चराउँदै गयो।
दसैँ बिदेशीले मन पराउँदै गयो।

💢संगिता शर्मा, सिन्धुली ।

पन्चाङ्ग [१८]

छैन खुसी मन दसैँ आउँदा पनि ।
मीठा खानाहरू खान पाउँदा पनि।
बालापनमा मात्रै रमझम हुन्थ्यो ,
नजानेर दसैँ गीत गाउँदा पनि।
खुसी थियौँ स्कुले लुगा लाउँदा पनि।

💢मनिषा विष्ट, फुलमासी मेचीनगर १५ ।

पञ्चाङ्ग [१९]

जुका अनि गड्यौलाको छाती हुदैन।
काम कुरा गर्ने कुनै भाँती हुदैन !
विदेशीको तल्वा चाट्ने राष्ट्रघाती हो,
भ्रष्टाचारी कसैलाई जाती हुदैन ।
दुष्ट दुराचार जस्तो काती हुदैन !

💢बिबस पार्दसी, झापा ।

पञ्चाङ्ग [२०]
०१]
जलेको छ यो छाती,रापमा सम्झनाको।
दाबिए भोकप्यास, चापमा सम्झनाको।
नचाहेर के गर्नु, पाउ भासिए पछि,
फसे सबै रहर, ढापमा सम्झनाको।
अंक भयो अथाहा, नापमा सम्झनाको।
०२]
विकृति विसंगति झुसी जस्तो, तर पनि शुभकामना।
नेता बिरालो जन मुसी जस्तो, तर पनि शुभकामना।
दसैँ त आयो त्यो बैरभाव,झन्झन् झाँगिएर गएको छ,
राजनीति गनायो ढुसी जस्तो, तर पनि शुभकामना।
कसैको मन छैन खुसी जस्तो, तर पनि शुभकामना।
[०३]
दसैँ आको हैन र बाबा, बोको कालो खोई त?
घुमाएर रोटी पकाई, राख्ने डालो खोइ त?
पोहोर साल भनेका हौ,अर्को सालमा ल्याउँला,
पल्लो घरमा ल्याको जस्तो,नयाँ टालो खोइ त?
अहिले पनि उस्तै देख्छु, हाम्रो पालो खोइ त?

💢चिरञ्जीवी ढकाल ,नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके।
Somnath
Somnath Luitel
पञ्चाङ्ग [२१]

युग युग पुग्ने माया लाएको वृत्ति रेट्ने बित्तिकै।
उनी मेरी महसुस पाएको ठ्याक्कै भेट्ने बित्तिकै।
कुनै सङ्खा रहेन असल हाम्रो जोडी बन्नलाई,
दु-दुई मनले गित गाएको दृष्टि फेट्ने बित्तिकै।
उन्कै याद कति धेरै आएँ आँखाले मेट्ने बित्तिकै।

💢अच्युत घिमिरे, भुटानबाट ।

पञ्चाङ्ग [२२]
[०१]
हाम्रो पर्व बडा दसैँ आयो रमाईलो।
रिनपान गरी मीठै खायो रमाईलो।
सबैलाई बडादशैँको शुभकामना ,
नयाँ नयाँ लुगाहरू लायो रमाईलो।
सबैजना भेट हुन पायो रमाईलो।
[०२]
सबै मान्छे अघाएका आफूलाई भोको देख्छु ।
अरूका त भरी थुन्चे आफ्नो रित्तो डोको देख्छु।
अरू सबै पैसा टिप्छन् रुखबाट टप् टप् जस्तो ,
पराइकै ठूलो भारी आफ्नो सानो पोको देख्छु।
अर्काको त सानो घाऊ मेरै ठूलो फोको देख्छु ।

💢गुणनिधि घिमिरे?, सूर्यविनायक ।

पञ्चाङ्ग [२३]

दसैं गाउँमा आयो शुभकामना ।
खुसी वहार छायाे शुभकामना ।
युवा खाडीमा यहाँ पिङ बनेन ,
पीडाले मुटु खायो शुभकामना ।
कविले गीत गायाे शुभकामना ।

💢भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग [२४]

गाउँले हामी गाउँको यस्तो हाम्रो लाग्छ ।
सहरियालाई गाउँघर झाम्रो लाग्छ ।
हो हाम्रो अस्तित्व त गाउँमा नै बसेको,
गाउँ हुन्छन् उदार सहर चाम्रो लाग्छ ।
रातो सेतो माटोले पोतेको राम्रो लाग्छ ।

💢सुमित्रा पोखरेल, काठमाडौं ।

पञ्चाङ्ग [२५]
[०१]
हाँस्नुपर्छ पर्वमा काेही रुनुहुँदैन ।
राेग भाेक अनि शाेकले छुनुहुँदैन ।
मेरो कुरा साँच्चै सुन्नेभए दुर्गा माता,
दशैँ कहिकतै नि दशा हुनुहुँदैन ।
आँसुले कदापि मुहार धुनुहुँदैन ।
[०२]
सजिलै मानिसहरू लुटाउन सक्छन् ।
लगाएर परचक्रही कुटाउन सक्छन् ।
फलाम काट्ने फलामजस्तै न हाे मान्छे ,
बहाना उम्दा अनेकाैँ जुटाउन सक्छन् ।
ख्याल गराैँ सहाेदर फुटाउन सक्छन् ।

💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।

पञ्चाङ्ग २६
[०१]
अब यहाँ फेरि भाेट हाल्ने बेला आयाे।
नेताले बेस्सरी पैसा फाल्ने बेला आयाे।
कसैले दारु खाने भन्छ कसैले मासु,
नेताकाे पैसाले पेट पाल्ने बेला आयाे ।
त्यसपछि त बालुवा चाल्ने बेला आयाे ।
[०२]
नेता भाेट माग्न घरघर आउने भए ।
विकासको नारा यहाँ फेरि गाउने भए।
गर्ने केही हाेइनन् गफ मात्रै चुट्ने हुन,
छलछाम गर्दै फेरि भाेट पाउने भए ।
त्यसपछि त सुकिला लुगा लाउने भए।

💢नवराज भट्ट, महेन्द्रनगर,कञ्चनपुर ।

पञ्चाङ्ग [२७]
[०१]
ब्याउने गाईको फाँचो झै झोलाउदैछ दसैँ।
लिंडे पूच्छर गरीबीको डोलाउदैछ दसैँ।
बर्ष दिनको चाडपर्व जसोतसो मानौला,
कोही टाढा बाट नजिक बोलाउदैछ दसैँ।
बाटो हेर्दै एकनासले टोलाउदैछ दसैँ।
[०२]
संघर्ष गर्दै जानुछ समय पर्खने नगर ।
अात्मबिश्वास नै प्रेम संझनु झर्किने नगर।
जे जति कमाई हुन्छ त्यसैमा रमाई बसौला,
साथी संझनु पर्छ दुःख सुख तर्किने नगर।
संगै बसेर रमौला घरमै फर्किने नगर।

💢होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग [२८]

घर भित्ता टाल्ने समय आयो ।
धूलो मैलो फाल्ने समय आयो ।
खुसी र उमङंगले हाँस्दै खेल्दै ,
घोर्ले खसी ढाल्ने समय आयो ।
लिङ्गे पिङ्ग हाल्ने समय आयो ।

💢आस्था निरौला, काठमाडौं ।

पञ्चाङ्ग [२९]

दसैँ आयो गाउँ घरमा रमझम छ ।
धनीलाई भन्दा गरिबलाई कम छ।
बर्ष दिनको चाड यो मनाउनै पर्ने ,
सानोलाई भन्दा यहाँ ठुला कै दम छ।
गरिब दु:खिको मनमा धेरै गम छ ।

💢बुद्धिमान दनुवार , सुरुङ्गा ४ झापा।

पञ्चाङ्ग [३०]

मालश्रीको धुनसँगै म पनि रुँदैछु आमा।
नबोल्ने तिम्रो तस्बिर मनैले छुँदैछु आमा।
खुल्यो आकाश,शरद्सँगै ओर्लिएछ दसैँ,
जन्मेको धर्ती सम्झेर पागल हुँदैछु आमा।
नौ डाँडापारि आँसुले नियति धुँदैछु आमा।

💢पुष्पा नेपाल(सुवेदी ) इलाम ।

पञचाङ्ग [३१]

दसैँआयो पाउनापात टार्नु कसरी ।
वेरोजगारको मानु भार्नु कसरी ।
मिलेर नै मनाउनु पर्ने भन्ने लाग्छ ,
छिमेकीले भन्छ बसाई सार्नु कसरी ।
साहु महाजन ऋणमा मार्नु कसरी ।

💢अम्विका अधिकारी, झापा विर्तामोड ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...