Thursday 5th March 2026

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला:- अठचालिसौँ भाग (४८)


————————————–
“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार ”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २

………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- चल्दो जल्दो बल्दो फल्दो गल्दो छल्दो आदि मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

डाहले हृदय जल्दो रहेछ किन हो
ईर्ष्याले मनमा बल्दो रहेछ किन हो
यस्तै व्यवहारले लागेको छ मल त
घाती परेपछि छल्दो रहेछ किन हो
घमण्डको फल फल्दो रहेछ किन हो ?

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

प्रमाण लुकाए पनि सत्य कहिल्यै गल्दो रहेनछ
सुन्तला रोपेर कहिल्यै नासपाती फल्दो रहेनछ
खराव कामको परिणाम कहिल्यै असल हुदैन
केही छिन छोपे पनि सत्य कहिल्यै ढल्दो रहेनछ
जति मै हुँ भन्नेले पनि मृत्युु लाई छल्दो रहेनछ !
पशपति राई खोटाङ

पञ्चाङ्ग ३

दिन ढलेर साँझ जस्तै जीवन ढल्दो रहेछ
अौंसा परेको फलमा झै जीवन गल्दो रहेछ
पूरा गरौला भन्ने अठोट बोकेर हिड्छ मान्छे
थाहै नपाई समय सबैलाई छल्दो रहेछ
मुटुक‌ै चालमा काल अघिपछि चल्दो रहेछ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग ४

याे देशमा जाे जहाँ जल्दाेबल्दाे छ
उसैकाे घरमा सम्पत्ति फल्दाे छ
साेझासाजाकाेमा लक्ष्मी न आउने
याे देखेर गरीबलाई खल्दाे छ
जीवन त जसरी पनि चल्दाे छ

नवराज भट्ट,कञचनपुर

पञ्चाङ्ग ५

जसो, तसो जीवन यहाँ चल्दो रहेछ,
किस्मतले दिएको फल फल्दो
रहेछ,
अहिले नभए कहिले हुन्छ जीवन,
दिन, प्रति दिन उमेर ढल्दो रहेछ,
समय सँगै यो जीवन गल्दो रहेछ ।

Singer bishal
Kohalpur, banke

पञ्चाङ्ग ६

आँसुले सौम्य माटो गल्दो रहेछ
सबैको उच्च आस्था ढल्दो रहेछ
यो समय यसरी बदलियो कि
आफ्नै भन्नेले यहाँ छल्दो रहेछ
आखिर जस्तो पनि चल्दो रहेछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ७
पाप रोपेर धर्म फल्दो रहेनछ
सत्य छोपेर असत् छल्दो रहेनछ
यो कर्मको उपसंहार जीवनमा
तितो बोलेर मान्छे गल्दो रहेनछ
पुण्य पोलेर कलि जल्दो रहेनछ ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग ८

अभावको पीडाले यो मन जल्दो रहेछ
रोजगार भएमात्र चुलो बल्दो रहेछ
दैनिकी टार्न नी धौधौ परेको छ जहिले
पौरखी हात भए सुन फल्दो रहेछ
आरिस गर्नेको पनि शिर ढल्दो रहेछ ।

तारा घिमिरे

पञ्चाङ्ग ९

कुदृष्टिको मन भित्र भित्र नै जल्दो हो
दम्भले नै अहङ्कारको ज्वाला बल्दो हो
के लिन्छौ प्रतिस्पर्धा,के दिन्छौ सौहार्दता
कहिलेकाहीँ पश्चताप पनि चल्दो हो
आफ्नो मनले स्वयं नराम्रेरी छल्दो हो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

छातिमा आँधी चल्दो रहेछ
मुटुमा आगो, जल्दो रहेछ
अमूल्य ठान्नु, प्रेम कसरी?
स्वार्थी भै बाटो,छल्दो रहेछ
घातले मन, गल्दो रहेछ ।
*
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ११

जस्तै भएपनि समय अनुसार चल्दो भएको राम्रो
हुन्न अरुको काममा त डाह गरि जल्दो भएको राम्रो
लगाब नभई फलको आशा कहाँ हुन्थ्यो र मीठोपन
बिरुवाको बेर्ना अनुसारको फल फल्दो भएको राम्रो
उमेरले नेटो काटिसक्यो लौ ! खाना गल्दो भएको राम्रो ।

जमुना आचार्य
सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...