Tuesday 15th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- छयालिसौँ भाग (४६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २

…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- खानी, छानी, जानी, ठानी, तानी, दानी, पानी, बानी, मानी, ज्ञानी ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- १६

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

स्वच्छ छवि उच्च विचारको ठानी मायालाई
उत्कृष्टतामा पार्न भनेर छानी मायालाई
लुट्न चोर्न छाडेन किन कसै गरे पनि लौ
घोटेर खुवाउँदा नहुने बानी मायालाई
कसोगरी बनाउने अब ज्ञानी मायालाई ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

हेर्दा मात्रै राम्रो तर, धाराको बानी नराम्रो
कैले काहीँ पठाउने, त्यो पनि पानी नराम्रो
मूलको ठेकान नै न भै, किन जोडिनु प-या
जसरी हुन्छ नगरी नहुने, हानी नराम्रो
कमिसन भै नेताका,गोजीमा जानी नराम्रो ।
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।

पञ्चाङ्ग ३

परदेशी मन सपनीमा सधैँ सानी हुन्छ
सपनाको महलमा सपनाकै रानी हुन्छ
सानी पनि निरन्तर मेरै सेवामा खट्दछिन्
उनी भित्र अपार चोखो मायाको खानी हुन्छ
उनको पनि सपनीमै जिउने बानी हुन्छ !

-पशपति राई खोटाङ ।

पञ्चाङ्ग ४

पहिलाकाे भन्दा अहिले धेरै कुरा जानी त
तपाइले सिकाएकाे मैले पनि त मानी त
पन्चाङ्ग लेखाउन निकै गाह्रै पाे भा काे थियाे
नविनतम बिधा लेख्न मैले पनि छानी त
तपाईकाे बिचारमा मेराे सुद्रियाे बानी त ?

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ५

हिऊँ पग्लेको पानी रहेछ
नदीझैँ बग्ने बानी रहेछ
हिमाल हुँदै सागर जस्तो
आँखाको सौम्य नानी रहेछ
माया प्रेमको खानी रहेछ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ६

झ्याउरे छन्द

धर्तीमा आई ,ममता ल्याइ,खानी नै बनेर
प्रेरक बनी , झुल्कनु अनि , नानी नै बनेर
उदार सारा,बनेर तारा, उज्यालो फिँजाई
तृष्णा नै मेट्नु,जगत भेट्नु,पानी नै बनेर
निमुखा सँगै , आउनु सधैं , दानी नै बनेर ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

आमाहरू मायाका खानी हुन्छन्
बच्चाहरूका लागि दानी हुन्छन्
आमाकाे जस्ताे मन कसकाे हाेला
त्यस्ताका सन्तान नै ज्ञानी हुन्छन्
यिनी भित्र असल बानी हुन्छन् ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ८

बेरोजगारी नबसी जागीर खानी मन छ
नगएको ठाउँमा घुम्न सँगै जानी मन छ
जिम्मेवारी त पोल्टोमा टनक्क बोकेर पनि
साथमा मातापिता परिवार लानी मन छ
भर्सिलो समय र बन्न खोलाको पानी मन छ।।

जमुना आचार्य
सिन्धुपाल्चोक


सम्बन्धित शीर्षकहरु

कर्नाटकको उत्तरा कन्नडको दुर्गम क्षेत्रमा रहेको गुफामा प्रहरीले एक रुसी महिला र दुई केटीहरू फेला पारेको छ। प्रहरी गस्ती टोलीले…

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

प्रतिकृयाहरू
...