जङ्गलमा हिँड्दै गरेकी पुतलीले आफैँलाई सिंह ठानिन् । पुरै जङ्गल आफ्नो कब्जामा रहेको महसुस गरिन् । जङ्गलमा प्रशस्त चराचुरुङ्गी पनि थिए ।
जङ्गलमा एक्कासी ठूलो वर्षात आयो । पुतली, चराचुरुङ्गीको दुःखमा मज्जा सँग हाँसिरहिन् । चराचुरुङ्गीहरू उनको हाँसोमा खासै दुखी भएनन् । उनको बानी सबैलाई थाहा थियो ।
वर्षात नरोकिएको हुँदा पुतली गुफामा पसेर मस्त निदाइन् । वर्षातको कारण रूखहरू ढल्न थाले । जङ्गलमा पहिरो खस्न थाल्यो । गुफा बिस्तारै पुरिँदै थियो । पुतलीलाई अत्तोपत्तो थिएन । चराचुरुङ्गी उडेर अर्को जङ्गलतिर जान एकै ठाउँमा जम्मा भए । पुतलीसँग बदला लिने राम्रो मौका पनि थियो । चराचुरुङ्गीहरू आपसमा कानेखुसी गरे । अर्को जङ्गलतिर जानुभन्दा पहिला एक्कासी गुफामा पसेर जोडसँग कराए । पुतली आत्तिदै उठिन् ।
त्यो सपनापछि, अचेल ! मूर्ख भनेर चिनिने पुतली विद्यालयमा सहयोगी, लगनशील र मिहेनती छात्रा बनेकी छन् ।