Thursday 26th March 2026

स्रष्टा परिचयको साथमा एक रचना, भागः ३९


स्रष्टा परिचय
नाम: तिला लेकाली
जन्म मिति:२०२८/०३/०५
जन्म स्थान : संखुवासभा ,फलाँठे
ठेगाना: बेलबारी,मोरङ
पेशा: शिक्षण
श्रीमान : नारायण प्रसाद गौतम
छोराहरु: भेष राज/ महेश गौतम
बुबाआमा: प्रभुराम/ बिष्णुमाया न्यौपाने
प्रकाशन:
पर्खालभित्र हाइकु संग्रह, २०६५
चक्रब्युहमा उभिएर गजल संग्रह, २०७०
झ्याउकीरी झङ्कृत हाइकु संग्रह, २०७४
रानी मौरी बाल गजल, २०७६
साझा आकाश २०७८
संयुक्त संग्रह :
सुस्केरा संयुक्त साहित्यिक संग्रह
समकालीन नेपाली गजल
पूर्वान्चल नारी गजल दर्पण
सम्बन्ध सूत्र हाइकु संग्रह
सम्लग्नता:
प्राध्यापन : बेलबारी बहुमुखी क्याम्पस,बेलबारी
अध्यक्ष : पूर्वान्चल हाइकु संघ,नेपाल
अध्यक्ष :बेलबारी साहित्य बिकास समिती,बेलबारी
सचिब: सुस्केरा साहित्य समाज,बेलबारी
सदस्य : श्रस्टा समाज,बेलबारी
अध्यक्ष : उज्यालो महिला फेडरेसन,बेलबारी
अध्यक्ष : प्रगतिशील लेखक सङ्घ
आजीवन सदस्यता:
प्रश्रित प्रतिस्ठान,नेपाल
गोमा बस्नेत,प्रतिसठान,नेपाल
सृजनशील प्रतिस्ठान,बेलबारी
स्रस्टा समाज,बेलबारी
बेलबारी साहित्य समाज ,बेलबारी
सम्मान:
जुहि साहित्यिक चन्द्रगढि,झापा
सन ब्राइट म्युजिक एण्ड डान्स सेन्टर
प्रश्रित प्रतिस्ठान,नेपाल
बेलबारी बहुउदेशिय सहकारी सस्था,बेलबारी
लालीगुराँस साकोस,बेलबारी
बूदोदय साकोस ,बिराटनगर
नेपाल – भारत साहित्य महोत्सब,बिरगंज
हेल्पिङ हेन्ड,बेलबारी २
नझरेका फूल्हरु,कोशिहरैँचा
जनता मा.बि.,इलाम
रुचि:
शिक्षण ,साहित्य,समाज सेवा

रचना
गजल

मानिस भोकै मर्दो रहेछ तिम्रो शहरमा
साँडे छाडा चर्दो रहेछ तिम्रो शहरमा

मान्छे भोकै मर्दा पनि बालुवाटारले
आशा मात्र छर्दो रहेछ तिम्रो शहरमा

दिन दहाडै मैषासुर घरमा पसेर
मनपरी गर्दो रहेछ तिम्रो शहरम

जीवनभरी रोए पनि तिमी छेउ हुँदा
हाँसिदिनु पर्दो रहेछ तिम्रो शहरमा

सिन्को ठाउँ नसारे पनि ठुलाहरुलाई
अन्न पानी झर्दो रहेछ तिम्रो शहरमा।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...