चित्रपट पञ्चाङ्ग
=========
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा (पितृ अौँसी र तीज पर्वको अवसरमा)
मिति: २०७९/०५/०९
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
चित्र सङ्कलक
———————–
सामाजिक सञ्जालबाट
समायोजक
—————–
👉️ सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको अठ्ठाइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रपट पञ्चाङ्ग
=========
पञ्चाङ्ग १
पञ्चाङ्ग १
मलाई पनि बोलाइदेऊ दर खान
भैँसीको दुध कुँडेको बाक्लो तर खान
सबै पर्व वर्षमै हो आउने रमाउने
फर्की जाउँला आफ्नै स्वामीको घर खान
परिवार ठुलाको आदेश डर खान ।
१
समाउँदै डोहोर्याउँदै हिँड्ने पिताका हातहरू प्यारा छन्
गर्मीमा शीतलता दिने ती पिपलका पातहरू प्यारा छन्
मातापिता भगवान् नै हुन् कर्तव्य हो पूरा गर्ने ख्याल गर
यादहरू आउँछन् छचल्किन्छन् यादका खातहरू प्यारा छन्
पुगियो टाढा तर माइतीका सम्झना मातहरू प्यारा छन् ।
२
सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग २
पुत्र पुत्रिले ऋण तिर्नु चलन
बाँचुन्जेल काेहीले पिर्नु चलन
सके जिउँदाे छँदा सुख दिउँ है
पर्लाेक भए पिण्ड गिर्नु चलन
श्राद्ध गर्दा जनै नै भिर्नु चलन ।
मधुसूदन प्रसाद घिमिरे
पञ्चाङ्ग ३
पिता तिमी भन्दा जाती अरू कोही छैन
पिता तिमी भन्दा माथि अरू कोही छैन
सन्तानका लागि सारा भगवान् हौ पिता
पिता भन्दा ठूलो साथी अरू कोही छैन
पिता भन्दा चौडा छाती अरू कोही छैन।।
✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ४
१
प्रेरणाका प्रतिमूर्ति बाबाका हातहरू सम्झिरहेछु
साहसिक अभिवृत्तिका उनै रातहरू सम्झिरहेछु
आफूले पीडा लिएका,अनि अरुलाई उत्साह दिएका
सम्बलनयुक्त ती मिठास सौगातहरू सम्झिरहेछु
अन्यायलाई चिर्ने न्यायका ती बातहरू सम्झिरहेछु ।
२
हरेक नेपालीमा सदा नै सुन्दर मन होस्
सबैमा मेलमिलापको सांस्कृतिक धन होस्
तीजले सौम्य ल्याउन,सकुन् सबै रमाउन
गीत र नाचमा पनि उस्तै नेपाली पन होस्
सम्झना अटुट हुने आमाको झैं वचन होस् ।
प्रेम थापा, बागलुङ ।
पञ्चाङ्ग ५
मावली साथी मेलामा सानु छ
दरको दिन भेलामा जानु छ
नारीको मुख्य पर्व तीज नै हो
तिम्लाई नै झमेलामा लानु छ
तर दर त ठेलामा खानु छ ।
१
कहिले हुन्थे टाडा कहिले पास थिए पिता
मेरो हरेक कदममा साहस थिए पिता
मलाई सफल बनाउन लड्ने सधै गर्थे
मेरो प्राण भित्र चल्ने स्वच्छ सास थिए पिता
दु:ख र सुखमा साहाराको आस थिए पिता।
२
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा ।
पञ्चाङ्ग ६
सुन्दर घर बनायौ बाबा नै महान्
सबैको भर बनायौ बाबा नै महान्
जीवन मार्ग देखायौ सभ्य भएर
स्वादिष्ट झर बनायौ बाबा नै महान्
पीपल वर बनायौ बाबा नै महान् ।
– आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ७
तिमीझैँ दियालाे कहाँ मिल्छ बाबा?
तिमीझैँ उज्यालाे कहाँ मिल्छ बाबा ?
म खाेजूँ कहाँ खै यही जिन्दगीकाे
तिमीझैँ धरालाे कहाँ मिल्छ बाबा ?
सुरक्षा गरालाे कहाँ मिल्छ बाबा ?
१
पिता जिन्दगी हाै बिहानी तिमी नै
पिता नै कथा हाै कहानी ,तिमी नै
तिमी नै त लाठी म जङ्घार तर्ने
पिता नै त छाता सिरानी तिमी नै
छ हाम्राेअडेकाे निशानी तिमी नै ।
२
चन्द्रावती अधिकारी
काेहलपुर वाँके
पञ्चाङ्ग ८
आफ्नै बाको मुख हेरी आएको हो आज
अत्ति धेरै माया मोह पाएको हो आज
पितृभक्त छोराहरू आशिर्वाद लिने
कुशेऔंसी धेरै माया लाएको हो आज
बाबा खुसी प्रसादीले छाएको हो आज ॥
बर्ष दिनमा सधैँभरि बाको मुख हेर्नु साथी
बाउले भन्या सबै कुरा सधैँभरि टेर्नु साथी
सधैँभरि आफ्नो बाउको पालन पोषण गर
सधैँभरि बाउको सेवा गर्दै मुख फेर्नु साथी
आशिर्वाद प्रसंगले जहिले पनि बेर्नु साथी ॥
३
ढकने र खिर खाऊ नाच्दै रमाउनु चेली
दिदी बैनी एक अर्को हात समाउनु चेली
घुम्दै फिर्दै बर्ष दिनमा आउने तिज पर्व
सधैँभरी स्वस्थ हुन शक्ति जमाऊ चेली
मिठा मिठा गित गाऊ नाम कमाऊ चेली ॥
४
शिव पार्वतिको पूजा आराधना गर चेली
सौभाग्य र सम्बृद्धिको लागि लागि पर चेली
हिन्दु नारी नेपालीको चाड तिज हाम्रो राम्रो
सन्ततिको भविष्यको लागि अघि सर चेली
संस्कृति र परम्परा थाम्ने तिम्रै भर चेली ।
गुणनिधि घिमिरे ।
२०७९ भाद्र ९ Aug.30/2022 दमक झापा नेपाल
पञ्चाङ्ग ९
दुःख गरेर मलाई जीवन दान दिने पिता हुन्
कयौ अपमानहरू सहेर मान दिने पिता हुन्
आफू रुँदै भए पनि नरोउ भन्दै खुसी भएर
सन्तानको त्यो अनुहारमा मुस्कान दिने पिता हुन्
सुन्दर जिन्दगी जिउन अभियान दिने पिता हुन् ।
हेमराज महरा,
रोल्पा नगरपालिका ५ रोल्पा ।
पञ्चाङ्ग १०
आमाको काख बुबाको काध भुल्न सकिन
काधमा चढी देखेको दृश्य डुल्न सकिन
आमालाई भने दङ्ग्याउदै खुशी बनाए
बुबा सँग किन हो खै उति खुल्न सकिन
तर बुबाले जति प्रेम बटुल्न सकिन!
१
मासिनु हुन्न हाम्रो संस्कारको बोट यसको बिज हुनुपर्छ
उम्रिएका झार केलाउने हो तर चाहिने चिज हुनुपर्छ
हाम्रो यो चाड तीज जिउँदै छ कि मरिसक्यो हेर्ने बेला भयो
जिउँदै भए मर्म होला मर्या भए मुखमा फिज हुनुपर्छ
बचाउने नै भए युगौसम्म सभ्य र सादा तीज हुनुपर्छ !
२
— पशपती राई खोटाङ ।
पञ्चाङ्ग ११
मेरो जीवन अस्तित्वको पहिचान हुँदैनथ्यो,
यदि मेरो शिरमाथि बुवाको मान हुँदैनथ्यो,
साएद मा पनि हराउँथे संसारको भीडमा,
मिहिनेतको खाना सिकाउने आन हुँदैनथ्यो,
बुवा बुवा भनेर बोलाउने सान हुँदैनथ्यो।
Singer bishal
Kohalpur banke
पञ्चाङ्ग १२
तीज अायो भन्छन् सबै मनमा छैन रहर किन?
जतासुकै भोग्नु पर्ने झनै ठूलाठूला कहर किन?
कहिले कता कहिले कता उतार चढाब अति भो
देखिँदैन हजुर यहाँ कतै खुशीको लहर किन?
बुझेपछि पनि हुन्न हजुर गतिलो ठहर किन ?
निर्मला सुवेदी,बागलुङ ।
पञ्चाङ्ग १३
हरेक कुशेऔँसीमा बाबाको मुख हेर्न पाऊँ
उनको सु-स्वास्थ्य देखेर लामो सास फेर्न पाऊँ
बाबु छोराको कस्तो अमूल्य नाता प्रमाणित छ
जीवनभर वहाँलाई नै मायाले बेर्न पाऊँ
सधैँ नजिक भई वहाँ कै आदेश टेर्न पाऊँ ।
१
तीजको दिन भएर भेला तीजेभाका गाउने मन छ
रातो सारी चुरा पोते रङ्गे पहिरन लाउने मन छ
विशेष तीज पर्व मनाइन्छ दर खाएर व्रत बसी
माइत गई बाबा आमाको धेरै माया पाउने मन छ
तीजे रमझम सकाएर घर फर्कि आउने मन छ ।
२
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
पञ्चाङ्ग १४
हरेक पलको ढुकढुकी हो पूजनीय बाबा मेरो
दैनिक सेवा गरिरहन्छु आदरणीय बाबा मेरो वर्ष दिनमा एक दिन आज मात्र हैन
बुबालाई
बाचुन्जेल हरेक दिन नै सम्माननीय बाबा मेरो
दुःख गरी बाटो देखाउने विश्वशनीय बाबा मेरो ॥
सरस्वती श्रेष्ठ इटहरी