Monday 14th July 2025

मुक्तककार सम्झना थापा मगरका उत्कृष्ट मुक्तकहरू


मुक्तक १
रोदन भित्रको हाँसो सम्हालुँ कसरी
प्रतिघातको नासो सम्हालुँ कसरी ।
तिम्रो कारणले मर्न बाध्य हुनु पर्यो
लगाएको त्यो पासो सम्हालुँ कसरी ।

मुक्तक २
सम्पत्तिमा लोभ गर्ने बानी मन पर्दैन
दाजुभाइमा गर्छन्‌ वैमानी मन पर्दैन
मरि लानु के नै छ र आखिर हामीले
गर्छन्‌ यसरी घात जानीजानी मन पर्दैन ।

मुक्तक ३
फेरि पनि कोभिडको भय आउन सक्छ
विनाशकारी जस्तो प्रलय आउन सक्छ
समयमै सजक र सक्रिय भइ बसौ हामी
अकालमै मृत्यु हुने समय आउन सक्छ ।

मुक्तक ४
माइती जाउँला दर खाउँला यसपालीको तीजमा
दिदीबहिनी नाचौँला गाउँला यसपालीको तीजमा
दुई दिनको जीन्दगी न हो, रमाइलो गरौँला हामी
कम्मर भाँच्दै नाच्दैँ रमाउँला यसपालीको तीजमा ।


सम्झना थापा मगर
पु.ब.न.पा
साधीँखोला
स्याङ्जा


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...