Thursday 5th March 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११७ औं श्रृङ्खला खोरिया तीज महोत्सव सहित सम्पन्न


खाेरिया साहित्य सिर्जना नेपालकाे त्रि-दिवसीय तीज गीत महाेत्सवकाे पहिलाे दिन साथै चन्द्रागिरि साहित्य प्रतिष्ठानको ११७ औं श्रृङ्खला यहि मिति २०७९ साल भाद्र १५ गते भव्यताका साथ सम्पन्न भयाे ।

खाेरिया साहित्य सिर्जना नेपाल तथा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं बरिष्ठ साहित्यकार प्रज्ञ माया ठकुरीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि ठकुरीले मन्तव्य व्यक्त गर्नु हुँदै जमानामा तीज दुख पीडालाई गीतबाट बाड्ने चेतनाकाे मूर्त रुप थियाे भन्नु भयाे । माईतीकाे समाचार लिएर काग अाएकाे गीत प्रसंग गाउनु हुँदै त्याे बेला पनि चेलीकाे गीतमा विद्राेह र मनका गुनासा हुने उल्लेख गर्नु भयाे । डा. बम बहादुर थापाले खाेसासिनेकाे याे तीज गीत दाेस्राे महाेत्सवलाई शुभकामना दिनु हुँदै रचना सुनाउनु भयाे । विशिष्ठ अतिथि कलानिधि दाहालले तीज अचेल पीडामा छैनन् नारिहरु ।नयाँ तीज विकासमा रेस्टुराण्ट,क्याफेमा दर खाईरहेका हुन्छन् भन्नु हुँदै रचना सुनाउनु भयाे ।

सुधा बास्काेटाकाे कुशल उद्घघाेषणमा भएकाे महात्सवमा अतिथि साहित्यकारहरु क्रमस खगेन्द्र प्रसाद बस्याल,लक्ष्मी प्रसाद मिश्र,चन्द्रा न्याैपाने,गंगा गहतराज अभिलाषी,सविता वाग्ले,सरस्वती श्रेष्ठ (रुपन्देही),सरस्वती श्रेष्ठ ( इटहरी)वाल कृष्ण खनाल,उमा अाेडारी,उर्मिला पन्त,द्वारिका कुईंकेल,चुडा निर्भिक,बिनु बाबा घिमिरे,जानुका थापा,मूना घिमिरे,प्रेम थापा,सिता पाण्डे,शुशीला ढकाल,पूर्णा देवी न्याैपने,दुर्गा रिमाल अधिकारी,सिता विष्ट कार्की,शिशिर मिश्र(सानाे वालक)घनश्याम पाैडेल,सविता खत्री लगायत ३१ जना सर्जकहरुले अधिकांश तीज खाेरिया र अन्य तीज गीत गायन गरी सुनाउनु भउाे ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खाेरियाकाे प्रवर्तककाे रुपमा खाेरिया लेखनकाे सिद्धान्त प्रष्ट पार्नु हुँदै तिजकाे भाकामा खाेरिया उत्कृष्ट रुपमा देखा परेकाे भन्नु हुँदै तीज विशेष याे महाेत्सवमा लगभग सबै स्रष्टाहरूले खाेरिया नै प्रस्तुत गर्नु भएकाेमा खुशी व्यक्त गर्नु हुँदै प्रमुख अतिथि माया ठकुरी ज्यू शुरु देखि अन्त सम्म हामी माझ रहनु भएकाेमा हार्दिक अाभार एबं विशिष्ठ अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि साहित्यकार ज्यूमा धन्यवाद ज्ञापन गरि अाफ्नाे रचनाकाे साथ कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...