Tuesday 13th January 2026

कुवेत एयरवेजले कुवेत-काठमाडौँ उडान भर्ने


तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ।

कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने कुवेत एयरवेजले संकेत गरेको छ।

अहिले काठमाडौँ– कुवेत गन्तव्यमा अल-जजिरा, र हिमालय एयरलाइन्सले उडान गरिरहेका छन। नेपाली श्रमिकहरूको संख्या बढ्दै गरेको कुवेतमा, विभिन्न एयरवेज कम्पनीले नेपाल-कुवेत व्यावसायिक उडान भर्नको लागि चांसों देखाइरहेको पाइएको छ।

कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत इन्जि. मान रज्जुकीले छोटो बजारको बढ्दो मागलाई सम्बोधन गर्ने प्रयासस्वरुप कम्पनीलेयसअघि १७ नयाँ गन्तव्य लन्च गरेको बताए । “यो मध्यम र लामो दूरीको छ, त्यसैले कुवेत एयरवेजले ग्राहकको सुविधा र सेवामा धेरै ध्यान दिने र उनीहरूलाई मनपर्ने गन्तव्यमा कुवेत एयरवेजको विमानमा यात्रा गर्ने अवसर प्रदान गर्ने बताए।

रज्जुकीले थपे, एयरलाइन्सको आठ नयाँ गन्तव्यहरू सुरू गर्ने कदम, जाडो मौसमको सुरूवाती कम्पनीको नेटवर्क विस्तार संगै उडान भर्ने योजना रहेको जनाए।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...