Monday 14th July 2025

चित्रपट पञ्चाङ्ग, भाग: २७


चित्रपट पञ्चाङ्ग
=========
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा
मिति: २०७९/०५/२

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

चित्र सङ्कलक
———————–
मधुसूदन प्रसाद घिमिरे

समायोजक
—————–
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको सत्ताइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

चित्रपट पञ्चाङ्ग
=========

पञ्चाङ्ग १

वारिपारि गर्न यात्रामा ढलेको रुख छ
जतातिर फर्के पनि जीवनमा दुःख छ
परिबन्दमा परेिपछि फेल परिपक्वता
मानव जिन्दगीमा कुन दिशामा सुख छ
यात्रा जता गरुँ आफैँलाई खाने मुख छ ।

सविता के.सी.

पञ्चाङ्ग २

उर्लिएको नदीको छाल खराब छ
हृदय डराएको हाल खराब छ
अगाडि बढ्न सकिन्छ न त पछाडि
याद गर समय साल खराब छ
विगत वर्तमान काल खराब छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

धैर्यता रहेछ जिन्दगी यो धैर्यतालाई अँगाल्नुपर्छ
भयावह समयमा बल होइन बुद्धि निकाल्नुपर्छ
सामना सङ्ग हटेर होइन डटेर लड्न सिक्नुहोला
सङघर्ष गरौं हिम्मतको पहाड आफैले उचाल्नुपर्छ
यो मन न हो हजुर आत्तिन पनि सक्छ सम्हाल्नुपर्छ ।

अन्चल बान्तवा अन्चल
छैमले ८ दक्षिणकाली

पञ्चाङ्ग ४

न यता न उता दोधारमा छ जिन्दगी
दुवैतर्फ मृत्यु सङ्घारमा छ जिन्दगी
विवेक पुर्याऔँ अस्तित्व राख्नु छ भने,
बिजुलीको त्यो नाङ्गो तारमा छ जिन्दगी
यमराजको कारागारमा छ जिन्दगी ।
✍️
वसन्त अनुभव
घोराही, दाङ

पन्चाङ्ग ५

तल हेर्यो भने नदीको छाल खराब छ
माथि हेर्यो जिन्दगिको हाल खराब छ
न त अगाडि न पछाडी सकिन्छ बढ्न
जसै नहुने समय साल खराब छ
यमदुतको लाठीको चाल खराब छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

कहिले त आपतकालिन स्थिति आईलाग्छ हरे
साेच्नै नसक्ने प्रतिकूल अवस्था भीति जाग्छ हरे
बिचबाट फाल हानाैँ छङ्गाछुर पहाड देखिन्छ
गाेमन र बाघबाट जाेगिने बिश्वास नाग्छ हरे
कतैबाट बाँच्ने युक्ति नदेखिँदा आशा भाग्छ हरे ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ७

अक्कलले बाँच्नु पर्छ
धैर्यसाथ साँच्नु पर्छ
सँधै त अप्ठेराे पर्दैन
ऐले बचे हाँस्नु पर्छ
सर्कसले नाँच्नु पर्छ ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ८

यता हेर्यो काली नाग उता जाऔ सिंह ठिक्क छ
तल गोही आँ गर्दै माथि हेर्दै बसेर दिक्क छ
माथि जाऔँ त पखेटा छैन न त चढ्ने रूख नै
बिचमा नेपाली जनतामाझ देश टिक्रिक्क छ
चल्न चट्पटाउन भाको छैन गति फिटिक्क छ !

– पशपती राई खोटाङ

पञ्चाङ्ग ९

सबै थोक देखाउने मात्र हो
हामी जीवनको एक पात्र हो
लडेर जित्न कहा सकिन्छ र
मरे एक मलामीको कात्र हो
हिम्मत गरेर जिउनु छात्र हो ।

हेमराज महरा,
रोल्पा नगरपालिका ५ रोल्पा

पञ्चाङ्ग १०

मानिसमा दिमागले अजङ्ग सर्छ अन्तिममा
जहाँ विष हुन्छ त्यहीँ अमृत पर्छ अन्तिममा
पछि हट्नु हुन्न कदापि,ल्याउनु आफ्नै निसाफी
परेपछि परिस्थितिको ख्याल गर्छ अन्तिममा
जति आपत परोस् हिम्मतले टर्छ अन्तिममा ।

प्रेम थापा

पञ्चाङ्ग ११

समयको भागदौडमा जेल भयो जिन्दगी
जुवा तास जस्तै हुने त्यो खेल भयो जिन्दगी
बाँच्ने कुनै आश छैन कहाँ फसेको छु,अब
चारैतिर समस्यासँग मेल भयो जिन्दगी
भाग्यको उही परीक्षामा फेल भयो जिन्दगी ।

Singer bishal
Kohalpur banke

पञ्चाङ्ग १२

यता न उता विपत्तिको खेल भयो जिन्दगी
बाटो न घाटको नचल्ने रेल भयो जिन्दगी
दैवकोआँखा पछाडि भन्छन् साच्चै नै हो जस्तो
देखी द्वन्द्व खतरनाको भेल भयो जिन्दगी
सृष्टिकर्ताका लागि उल्टै ठेल भयो जिन्दगी ।

✍️ अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १३


सानो मुढो काठ हाली पुल टाँगेको छ
एकातिर बाघ आई खान आँटेको छ
यमराज काल आयो छुट्ने छैन जुक्ति
मुक्ति मिल्न आँटेको छ काल जागेको छ
अपराधीलाई यहाँ दशा लागेको छ ॥

एउटा मुढोबाट मान्छे तर्नै सक्दैन
झर्नु पर्ने नि त्यहाँबाट झर्नै सक्दैन
अपराधी मृत्युपछि यस्तै ठाउँ पुग्छन्
दुष्ट गोमन बिषादी त्यो मर्नै सक्दैन
बाघले पनि काठे पुल तर्नै सक्दैन ॥

गुणनिधि घिमिरे दमक झापा

पञ्चाङ्ग १४

यता हेर्याे उता हेर्याे बाँच्नै गाह्राे भयाे
परिस्थिति दिनदिनै झनै साराे भयाे
शत्रु बैरी एकैचाेटी ओईरिएर आउँछन्
किन हाेला भाग्य मेराे सबकाे ताराे भयाे
सम्झे हाेला आज मेराे मिठाे चाराे भयाे ।

चन्द्रावती अधिकारी
काेहलपुर वाँके

पञ्चाङ्ग १५

जिन्दगी यस्तै छ वरिपरि खाने धेरै छन्
आफन्त भन्दा पनि पराय जाने धेरै छन्
स्वार्थको खेल हो दुनियाँ बुझ्न सकिएन
यो लोकको वास्ता छैन स्वर्ण लाने धेरै छन्
चामलमा बियाँ भन्दा ढुङ्गा छाने धेरै छन् ।

निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...