Saturday 11th January 2025

कुवेतमा नेपालीहरुको बिकृती: आमा र बा नेपालमा बच्चा कुवेतमै अलपत्र


दिल कुमार पाख्रीन- रोजगारीको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारी कै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिमतिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ। उनीहरु दुवै जनाको आ आफ्नो परिवार छन नेपालमा। परिवारलाई  नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका च्यातिएका कपडा फेर्ने उदेश्यले कुवेत आइपुगेका उनिहरु बिच माया पिरेम साटासाट हुन थाल्छ।

दुवै जनाले  घर परिवार बिर्सिएर  आफू कार्यरत कम्पनी/स्पोन्सर छोडेर इल्लिगल भएर संगै बस्न थाल्छन। त्यतिबेला उनीहरुलाई  लाग्यो होला माया नै संसार खोजेको मान्छे पाएपछि सबै कुरा पूरा हुन्छ। तर के हुन्थ्यो त्यो माया पाए पनि अन्य समस्याहरु त जस्ताको त्यस्तै हुन्छ। उनीहरुको पनि त्यस्तै भयो।

‘मोया- पिरती’ जति पुरानो हुँदै गयो पेटको बच्चाले पनि संसार हेर्न हतार गरिरहेको थियो। नभन्दै एक दिन ती  जोडिको ‘मोया पिरति’को चिनो स्वरुप  बच्चा जन्मियो। कुवेतमा विवाह दर्ताको प्रमाणपत्र लिएर हस्पिटलमा जन्माएको बच्चालाइ मात्र लिगल अर्थात ती बाउ आमाको बच्चा मान्यता पाउँछ। तर ती फलानो जोडी  त इल्लिगल थिए। भने दुबैको आ आफ्नो घर परिवार पनि छन नेपालमा। उनीहरुसंग विवाह दर्ताको प्रमाणपत्र पनि छैन। भनेपछी बच्चा त त्यसै  इल्लिगल हुने भयो। हेर्दा हेर्दै  बच्चा पनि तीन बर्ष पुगि सकेछ।

कु कार्यको फल एक न एक दिन पर्दाफास हुन्छ नै! एक दिन कामबाट फर्केर कोठा आउँदै गर्दा आमा बाउ  दुवै जनालाइ अवैधानिक हैसियतले रहेको आरोपमा कुवेत पुलिसले पक्राउ गरि देश निकाला गरेर नेपाल पठाउँछ। बच्चा यता बिचल्लित हुन्छ।

कथा यहिँ सकिँदैन। अब ती बच्चालाइ नेपाल पठाउन भनेर NRNA कुवेत र नेपाली दूतावासले पहल गर्‍यो। बच्चा र आमा बाउ बनेर नेपाल लैईजाने सबैको ट्राभल डकुमेन्ट बनाइ दिइयो। ट्राभल डकुमेन्ट भएपछी पुलिसले नसमात्ने भए पछि ती डुब्लिकेट बाउले मदिरा सम्बन्धी काम गर्न सुरु गरे, जुन कुवेतमा अवैधानिक ठहर्छ। र यसको सजाय स्वरुप देश निकाला गरिन्छ। अवैधानिक मदिरा सम्बन्धी काम गर्दा निक्कै राम्रो आम्दानी भैरहेको भएर उनिहरु नेपाल जाने भनेर दूतावासले बोलाउँदा गएनन। अन्तत ट्राभल डकुमेन्टको म्याद सकियो। त्यसपछी उनीहरु नेपालबाट सञ्चालित यु ट्युब च्यानल युवा मन नेपालमा म पिडित हुँ मलाइ जसरी भए पनि उद्दार गर्नु। मलाइ NRNA दूतावास र कुनै संघ संस्थाले हेरेनन उद्दार गरेनन भन्दै भिडियोमा प्रस्तुत भए। उक्त भिडियो रातारत भाइरल भयो। यु ट्युबरले पनि त्यसको भित्री पाटो अध्ययान नगरी भिडियो सार्बजनिक गर्‍यो।

पछि यस्तो भिडियो  आइसकेपछी NRNA ले सम्बन्धित यु ट्युब च्यानलका संचालकसंग कुराकानी गरि भित्री पाटो बुझाउँदा अहिले ती बच्चा नेपाल पठाउन लाग्ने लागत सोही  यु ट्युब  च्यानलले बेहोर्ने भएको छ। र बच्चा नेपाल पठाउन आवस्यक प्रक्रिया फेरी अघि बढाई  सकेको छ।

 


सम्बन्धित शीर्षकहरु

विस्कॉन्सिन विश्वविद्यालय-म्याडिसनका इन्जिनियरहरूले फ्युजन रिएक्टर भित्रको कठोर अवस्थाको सामना गर्न सक्ने नयाँ वर्कहर्स सामग्री उत्पादन गर्न स्प्रे कोटिंग प्रविधि प्रयोग…

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

प्रतिकृयाहरू
...