Thursday 5th March 2026

कविताः बादल पारीको देश -आर्त अकुलीन


तिमीलाई थाहा छ ?
हिमाल, पहाड र तराई माथि
यो धरतीकै अनुपम
शान्त र सौम्य परिवेशको
सुन्दर अमरावती
ऊ त्यही त हो
बादल पारिको सुन्दर देश !

त्यही बादल पारिको देश
जहाँ
श्रावणको झरी बनेर
तिमी खुसीहरू बोकेर आउनु
प्रेमको भाका सुसेल्दै
मन मष्तिस्कमा
सागर जस्तै लहरिँदै आउनु
मायाको छाल हान्नु
र सारा जिन्दगीकै गीत गाउनु !

त्यही बादल पारिको देश
जहाँ
माया प्रेमको वर्षा गराउन
केवल तिमी नै आउनु
अनि तिमी र म
हर्षको साथ रुझौँला
प्रचण्ड गर्मीको मौसममा
शीतलताको अनुभव गरौँला
जीवनभरिकै
सन्तोषको सास फेरौँला !

आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...