Tuesday 20th January 2026

कविताः बादल पारीको देश -आर्त अकुलीन


तिमीलाई थाहा छ ?
हिमाल, पहाड र तराई माथि
यो धरतीकै अनुपम
शान्त र सौम्य परिवेशको
सुन्दर अमरावती
ऊ त्यही त हो
बादल पारिको सुन्दर देश !

त्यही बादल पारिको देश
जहाँ
श्रावणको झरी बनेर
तिमी खुसीहरू बोकेर आउनु
प्रेमको भाका सुसेल्दै
मन मष्तिस्कमा
सागर जस्तै लहरिँदै आउनु
मायाको छाल हान्नु
र सारा जिन्दगीकै गीत गाउनु !

त्यही बादल पारिको देश
जहाँ
माया प्रेमको वर्षा गराउन
केवल तिमी नै आउनु
अनि तिमी र म
हर्षको साथ रुझौँला
प्रचण्ड गर्मीको मौसममा
शीतलताको अनुभव गरौँला
जीवनभरिकै
सन्तोषको सास फेरौँला !

आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...