Friday 18th September 2026

प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवेशन यहि १२ अगष्टमा हुने, अधिवेशनको सम्पुर्ण तयारी पुरा


नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि अगष्ट १२ मा भौतिक उपस्थिति तथा अनलाइन भर्चुअल माध्यमबाट तेश्रो अधिवेशन आयोजना गर्ने भएको छ । सो कुरा मञ्चका अध्यक्ष राज कुमार थापाले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् । अध्यक्ष थापाका अनुसार मञ्चको अधिवशेन यस अघि नै सम्पन्न हुनु पर्नेमा विविध प्राविधिक कारणले रोकिन गएकोमा आगामी शुक्रबार कुवेतको फरवानिया स्थित सेफ नौसाद रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गर्न लागिएको हो ।

नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, प्रवास विभाग प्रमुख डा. राजन भट्टराइको विशिष्ट आतिथ्यता एवं प्रवासी नेपाली मञ्चका अन्तर्राष्ट्रिय विभागका पदाधिकारीहरूको विशेष आतिथ्यतामा सम्पन्न गर्न लागिएको तेश्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष थापाले बताए ।

सन २०१२ मा गठन भइ कृयाशिल रहेको नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मंच कुवेतले स्थापनाकाल देखि बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ भने प्रवासबाट पार्टीलाइ सक्दो आर्थिक सहयोग गर्नुका अतिरिक्त संगठन विस्तारको कार्यलाइ महत्व दिएर समय समयमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

मञ्चको तेश्रो अधिवेशनको लागि कुवेतमा रहेको नेपाली दूतावास लगायत कृयाशिल संघ संस्थाहरू तथा पत्रकारहरूलाइ पत्राचार गरि सकिएको जनाउँदै यदि निमन्त्रणापत्र प्राप्त नभए पनि यसै समाचारलाइ आधार मानी अधिवेशन कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सफल पार्न कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ प्रवासी नेपाली मञ्च कुवेतले अनुरोध गरेको छ ।

अधिवेशन कार्यक्रमको विवरण
कार्यक्रमः प्रवासी नेपाली मञ्च कुवेतको तेश्रो अधिवेशन ।
स्थानः सेफ नौसाद रेष्टुरेन्टको सभाकक्ष, फरवानिया, अलघानिमको माथिल्लो तला ।
मितिः १२ अगष्ट २०२२ शुक्रबार ।
समयः दिनको १ बजेदेखि ।

विस्तृत जानकारीको लागि सम्पर्क

राजु थापा – ६६१९६५०५


सम्बन्धित शीर्षकहरु

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

असोज २ । सिराहा र धनुषालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी पुल निर्माण सुरु भएको करिब १५ वर्षपछि अन्ततः सञ्चालनको…

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

प्रतिकृयाहरू
...