Thursday 6th February 2025

पञ्चाङ्ग चित्रपट, भाग – २४


पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: २४
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०४/१२

प्रशिक्षक :
————
रामराजा के.सी.
नारायण प्रसाद निरौला

चित्र संकलक
—————-
सविता के.सी.

समायोजन
————-
👉️ सविता के.सी.

आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको बाइसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन अनुरोध गरिएकोमा व्यस्त समयको वावजुद पनि पञ्जाङ्ग लेखि पठाउनु हुने सर्जक/स्रष्टा सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ।

नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग १

गरिबका त झुपडी हुन्छन् हजुर घर हुँदैन
चाहेको बेला च्यात्तिएको छानोमा खर हुँदैन
यस्तो छ वास्तविकता देख्नु भएको साँचो हो हाम्रो
विश्वास पनि कसको गर्नु सबैको भर हुँदैन
गरिब नाम गरिबी हो जात अरु थर हुँदैन ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

बोझ थपियो छानोलाई घर भत्कियो भने
जिन्दगीले थपेको इट्टा तर भत्कियो भने
यही जीवन धान्नलाई,र बाचा मान्नलाई
पसिनाको भेलले त्यो बगर भत्कियो भने
अर्को नि सपना देख्ने रहर भत्कियो भने ।

प्रेम थापा

पञ्चाङ्ग ३

ढिकी र जाँतो गर्ने भए,मात्रै नजिक सर्नु,
ढिँडोले भोक मर्ने भए, मात्रै नजिक सर्नु,
घर झुपडी छ,छानो खरको पानी चुहिन्छ,
कानमा पानी भर्ने भए, मात्रै नजिक सर्नु,
सँगै जङ्घार तर्ने भए, मात्रै नजिक सर्नु।
***
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ४

झुपडी नै भए पनि महल सम्झिएँ
यसैलाई ईश्वरको पहल सम्झिएँ
मैले सपनाहरू यही छाप्रोमा बुन्छु
जिन्दगीको खाँबो अनि नहल सम्झिएँ
भाग्य बुन्ने मेसिन र कहल सम्झिएँ ।

सुजन प्रेमी, हाल बागलुङ ।

पञ्चाङ्ग ५

सानो भए पनि घरै हो
पानी नचुहिए भरै हो
यस्तै हो गरिबी जिन्दगी
छानो कुहिए नी खरै हो
बासकै खुट्टीले दरै हो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

दाउनु लायकको एकहल बहर छ भन्थ्यो
झोपडी हैन रे पक्की घरको रहर छ भन्थ्यो
चुहिने छानो र भत्केको भित्तो हेर्दै बिचरोले
भए जति छोरा-छोरी सबै नै सहर छ भन्थ्यो
रूञ्चे स्वरमा उता कोरोनाको कहर छ भन्थ्यो।।

अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत ।

पञ्चाङ्ग ७

पीपलको छेउमा वर मन पर्छ।
छानोमाथिको उही खर मन पर्छ ।
सम्बन्ध त यस्तो हुनुपर्छ कि साथी,
ढुङ्गा अनि माटोको भर मन पर्छ ।
आफ्नै परिवेशको घर मन पर्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ८

झुपडी घर पैसा नहुँदा भत्कियो भने
बस्ने बास खाने गाँस कतै तत्कियो भने
न आफ्नाले साथ दिन्छन् न दिन्छ समयले
सबै ताधिन्छन् यहाँ औकात लत्कियो भने
साथ दिने मानिसको अन्तै भत्कियो भने ।

हेमराज महरा, रोल्पा

पञ्चाङ्ग ९

झुपडी पनि टिनकै भयो छानोमा खर छैन
बतासले कतिखेर उडाइदिन्छ भर छैन
आधुनिकताले फेरेँ त भन्छ गरिबीको रूप
गरीब -गरीब नै छ उसको अर्को थर छैन
दुई दिन बाच्नु छ घामपानी छेक्ने घर छैन ।

-पशपति राई खोटाङ

पञ्चाङ्ग १०

झुपडी नि महल बन्छ जहाँ माया हुन्छ
स्वर्ग लाग्छ जहाँ वरपिपल छायाँ हुन्छ
नगर्नू है माैका छाेपी कसैलाई नि हेलाँ
आउँछ पालाे नि ईश्वर उस्काे दायाँ हुन्छ
क्षणभरमा नासीजाने हाम्राे काया हुन्छ ।

चन्द्रावती अधिकारी, कोहलपुर ।

पञ्चाङ्ग ११

चरम गरिबी झल्केकाे छ
अनिकाल पाे त पल्केकाे छ
चुसाहा नेतृत्वले यस्तै हाे
पाटी जस्ता घर टल्केकाे छ
भाेक ज्वारभाटा सल्केकाे छ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग १२

मुख्य कर्तव्य निभाए पुग्छ अरे
सानो कच्चीमा बिरुवा लुक्छ अरे
जिउनकै लागि छहारी चाहिन्छ
छानो चुहिएमा छाती दुख्छ अरे
रुँदा रुँदा सारा आँसु सुक्छ अरे।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १३

महल हैन झुपडीमा बास छ
हाम्रो लागि यहीँ नै झन खास छ
धन सम्पत्ति भए मात्र के गर्नु
त्यहीँ झुपडीमा नै बाँच्ने आस छ
जिन्दगीको गन्तव्य निकै हतास छ ।

रितु बुढाथोकी

पञ्चाङ्म १४

मेरो काधमा जिम्मेवारी अनि उनको गलामा हार देखिन्छ
मेरो घरको आगनमा झार अनि उनकोमा कार देखिन्छ
उनी भन्छिन् मेरो घरको छ्तबाट पुरै शहर देखिन्छ रे
खै के भनु हाम्रो झार उम्रेको आगनबाट संसार देखिन्छ
हाम्रो घरको प्वाल परेको छानाबाट त वारपार देखिन्छ ।
मिलन सप्लाङ्गी
जैमिनी-९पैञ्युथन्थाप बाग्लुङ

पञ्चाङ्ग १५

अगाध माया लाग्छ, झुप्रै भएपनि आफ्नो दरबार देखेपछि
सारा पिरलो भाग्छ, झुप्रै भएपनि आफ्नो दरबार देखेपछि
धनीहरुलाई कहाँ थाहा हुन्छ, गरिबीभित्रको आत्मिय साथ
सादगी मोह जाग्छ, झुप्रै भएपनि आफ्नो दरबार देखेपछि
सत्कारी रोटी पाक्छ, झुप्रै भएपनि आफ्नो दरबार देखेपछि

केशव न्यौपाने सानु
बेलकोटगढी न पा ७, नुवाकोट

पञ्चाङ्ग १६

बच्चाले ओत र घरले छानाे खाेज्दैछ
अगेनाले आगाे,भाँडाले मानाे खाेज्दैछ
नेताले अभावको खाेजी गरेकाे देख्दा
यस्तो लाग्छ खुकुरीले अचानाे खाेज्दैछ
हेर! टुहुराे अझै आफ्नाे रानाे खाेज्दैछ ।

काेपिला शर्मा -जैमिनी-५, बाग्लुङ
हाल धनगढी

पञ्चाङ्ग १७

सानो सानो झुप्रो मेरो सानो अन्सार
दुःख सुख बाँचेकैछु मानो अन्सार
गरिब हुँ दुनियाँको भलो चाहन्छु
खम्बा खुट्टी गरेको छु छानो अन्सार
साँझ बिहान् हात मुख दानो अन्सार ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १८

महलमाभन्दा झुपडीमा अानन्द अाउँछ मनैदेखि
बाक्लो सिरकभन्दा च्यादरले निन्द्रा छाउँछ मनैदेखि
मन सफा हुनु हो जहाँ गन्दगीले डेरा जमेको नहोस्
गरिबीको घरमा पनि भगवान धाउँछ मनैदेखि
सूर्यको किरणले सधैँ हृदय सजाउँछ मनैदेखि ।

अम्विका अधिकारी, झापा विर्तामोड ।

पञ्चाङ्ग १९

झुपडी घर पैसा नहुँदा भत्कियो भने
बस्ने बास अनि खाने गाँस तत्कियो भने
न त आफ्नाले साथ दिन्छन् न त समयले
सबै ताधिन्छन् यहाँ औकात लत्कियो भने
साथ दिने मान्छेको नै स्थिति खत्कियो भने ।

हेमराज महरा, रोल्पा ।

पञ्चाङ्ग २०

के गर्नु यही कच्ची घरमा बास छ मेराे
साँझ विहान यही घरमा गाँस छ मेराे
गरीब छु मेराे पनि पक्की घर बन्ला र
तै पनि हिम्मत राखेकाे छु आश छ मेराे
घर भत्केर मरेकाे छैन सास छ मेराे ।

नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर ।

पञ्चाङ्ग २१

दरवार होइन झुपडी खोज्छ मनले
सुख मात्र होइन सन्तोष सोध्छ मनले
धन सम्पत्ति केही होइन हजुर यहाँ
असत्य होइन यहाँ सत्य बोल्छ मनले
अब त विद्रोहको सन्देश रोप्छ मनले ।

निर्मला सुवेदी, बागलुङ ।

पञ्चाङ्ग २२

टालेकाे छैन नि चुहिएकाे छानाे तारा देखिन्छ
गरिबीको घरमा लुक्दैन केही सारा देखिन्छ
धनीका महल अालिसान हाेलान् सुखै सुखका
तर झुपडी भित्र हेर्दा अाँसुका धारा देखिन्छ
हेराैं न, बिग्रेको देशको भत्केको पारा देखिन्छ ।

रामराजा के. सी., फर्पिङ, काठमाडौं


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...