Thursday 6th August 2026

कुवेतमा घरेलु कामदारको माग बढ्दो


तोयानाथ उपेक्षित, तीतोपाटी/कुवेतमा घरेलु कामदारहरूको ठूलो माग छ । कोभिड–१९ को महामारी र त्यसको असरका बेला देशले विदेशबाट ल्याइएका घरेलु कामदारको अपर्याप्तता, महामारीका कारण विश्वभर यात्रामा लगाइएको प्रतिबन्ध र कतिपय देशले आफ्ना नागरिकलाई काममा पठाउन नचाहेको साथै कुवेतमा घरेलु कामदारमा हुने दुर्व्यवहार लगायत विभिन्न कारणले गर्दा घरेलु कामदारको अभाव भएकोमा अब भने यहाँ घरेलु कामदारको संकट समाधान हुने बाटोमा छ ।

जनजीवन सामान्य अवस्थामा फर्किएपछि नयाँ घरेलु कामदारको प्रवेश दर बढेको छ र २०२२ को पहिलो त्रैमासिकमा उनीहरूको संख्या ६,१३,००० पुगेको छ।
घरेलु कामदारहरूको संख्या कुल जनसंख्याको लगभग 13.1% रहेको छ र १०० दिनारको औसत मासिक तलबमा आधारित यस वर्गका कामदारहरूका लागि वार्षिक खर्च लगभग ७३५.६ मिलियन दिनार हुने गर्छ । महिला घरेलु कामदारहरूले कुल पारिवारिक क्षेत्रका कामदारहरूको 50.1% ओगटेका छन्, र उनीहरू लगभग 15 एसियाली र अफ्रिकी देशहरूबाट आउने गरेका छन् ।

वर्षको पहिलो त्रैमासिक अवधिमा घरेलु महिला कामदारको संख्यामा ७ हजार ५८७ नयाँ कामदारले वृद्धि भएको देखाएको छ । फिलिपिन्सले यस अवधिमा कुल संख्याको 62.8% सबैभन्दा उच्च अनुपातको प्रतिनिथित्व गरेको छ भने त्यसपछि भारत आउछ ।

नेपालले सन २०१४ मा घरेलु कामदारलाइ खाडी मुलुकमा पठाउन रोक लगाए यता अवैधानिक माध्यमबाट घरेलु कामदारहरू कुवेत अाएपनि सरकारी प्रतिबन्धको कारण उल्लेख्य रूपमा अाउन नसकेको यस समयमा सरकारले नीतिगत सुधार गरेर घरेलु कामदार खुला गरिदिने हो भने धेरै बेरोजगार युवा युवतीले अाकर्षक तलवको रोजगारी पाउने र सरकारलाइ रेमिट्यान्सबाट अझ बढि अामदानी हुने निश्चित छ । संगठित क्षेत्रको कामदारको भन्दा घरेलु कामदारको औसत मासिक तलबमा धेरै नै बढि रहेकोले यस विषयमा सरकारले ढिला नगरी कामदार सुरक्षित हुने गरि गृहकार्य गरेर दुइ देश बिच समझ्दारी/सम्झाैता गरेर कामदार पठाउनु श्रेयस्कर मानिन्छ ।


सम्बन्धित शीर्षकहरु

युरोपमा जारी भीषण गर्मीको लहरले नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रियाको बाड डोयच–आल्टेनबर्ग (Bad Deutsch-Altenburg) मा ४१.२ डिग्री सेल्सियस तापक्रम…

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

प्रतिकृयाहरू
...