Thursday 6th February 2025

शिव कुमार रेग्मीका मार्मिक र सान्दर्भिक १० षड्ऋतुहरू


(१)
पाल्पा मेरो गाउँ
जन्मभुमि ठाउँ
मिली जुली सबै
तानसेन जाउँ
भेट हुन्छ मित्र
टुडीखेल भित्र।
(२)
श्रावणको मास
तेजिलो वर्षाले
बनायो नि खास
हलो-जुआँ बोक्ने
खेत भित्र घुस्ने।
धान बीउ रोप्ने।
(३)
हलीले जोत्दैछन्
खेताला रोप्दैछन्
माडी फाँट दृष्टि
रमणीय सृष्टि
पाल्पालीको सान
सम्पूर्णले जान।
(४)
यो सौर्न्दर्य दृष्टि
बिचमा खोला छ
गीतको वृष्टि छ
सुशेली आवाज
दैविक शक्ति यो
पाल्पालीको राज।
(५)
कृषक बस्दछन्
पटुका कस्दछन्
कुलो आली छाटी
कोदालीले काटी
कुना काप्चा खोप्छन्
बीउ धान रोप्छन्।
(६)
गाडी पनि जान्छ
सवारी नि लान्छ
हेर्न हामी जाउँ
माया प्रीति लाउँ
सौन्दर्यको ठाउँ
माडी फाँट नाउँ।
(७)
घाम-घाम जल्दै
यता-उता चल्दै
कृषक बेहाल
सकियो नि माल
ऋणमा फस्दैछन्
चिन्तामा बस्दैछन्।
(८)
रूमाल झिकेर
पानीमा सिंचेर
मुखमा दलेर
गर्मीको फालेर
जादैछन् घाममा
खेत कै काममा।
(९)
सिर आफ्नो छोपी
हलो-जुआँ बोकी
खेतमा झर्दैछन्
हिलोमा लड्दैछन्
आखाँ च्याती देख
षड्ऋतुमा लेख।
(१०)
खेती गर्छन् जुन
अन्न दाता हुन
सलाम छ मेरो
दस अौंला जोडी
पाल्पाली साथीको
उत्कृष्ट माथीको।


साहित्यकार
शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक,पाल्पा
नेपाल


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...