Friday 3rd July 2026

एनआरएनए र सामाजिक सुरक्षा कोषबीच विदेशमा रोजगारीमा रहेका नेपालीलाइ समेट्ने विषयमा सहमति पत्रमा हस्ताक्षर


गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच विदेशमा रोजगारीमा रहेका नेपालीलाइ समेट्ने विषयमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । एनआरएनए केन्द्रले एक विज्ञप्ति जारी गरि सो कुराको जानकारी दिएको छ ।

एनआरएनए केन्द्रले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आयोजनामा हिजो २१ जुलाई २०२२ का दिन ललितपूरस्थित होटेल हिमालयनमा “वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा निक्षेप” विषयक एक दिने कार्यशाला सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघले दशकौँ देखि उठाउँदै आएका मागहरुलाई सम्बोधनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुसँग कार्यशालामा बृहद् छलफल भयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीजि तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी एवं विश्वभरबाट अनलाईन माध्यमबाट २०० भन्दा बढी गैरअवासीय नेपालीहरुको सहभागिता रहेको थियो । मुलत: वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप लगायतका विषयमा कार्यक्रममा बोल्ने वक्ताले आ–आफ्ना भनाई राख्नुभयो । उक्त छलफलबाट प्राप्त निष्कर्षहरुलाई निम्नानुसार प्रस्तुत गरिएको छ :

१ वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनआवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरिय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरु अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमति पत्रमा हस्तारक्षर सम्पन्न भयो ।
२. तत्काल सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपालीलाई समेट्नको लागि कानूनी आधार तय गर्न उच्च स्तरीय राजनीतिक र प्रशासनिक तहमा लबिङ गर्न संघ प्रतिबद्ध छ । साथै वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएका श्रमिकलाई हाल दिँदै आएको बिमा बापतको रकमलाई वृद्धि गरि ५० लाख सम्म पुर्याउन सरकारलाई यो संघ अनुरोध गर्दछ ।

३. वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान सीप र प्रविधि नेपालको व्यवसायिक तथा आर्थिक विकासमा योगदान हुनेगरी पुन:एकीकरणसहित, नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता विकास तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको जीवनस्तर उकास्न सहयोगी हुने किसिमका सीपमुलक कार्ययोजना निर्माण तथा कार्यान्वयनमा नेपाल सरकारसँग सहकार्य गर्न संघ प्रतिबद्ध छ ।

४. गैरआवासीय नेपालीहरुलाई लक्षित गरी नेपालका बैंकमा खोलिने वैदेशिक मुद्राको (डलर खातां) खातामा बढी भन्दा बढी निक्षेप संकलन गर्न /गराउन तथा सहभागितामा वृद्धि गर्नको लागि नेपालका बैंक तथा नियामक निकायहरुसँग आपसी सहकार्य गरी यस अभियानलाई सफल पार्न संघ प्रतिबद्ध छ ।

५. गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चन हटाई आवश्यक संशोधन गर्न संघ आग्रह गर्दछ ।

अन्त्यमा, यस कार्यशाला सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्ने नेपाल सरकार, सरोकारवाला, सञ्चारकर्मी, समस्त गैरआवासीय नेपाली लगायत सम्बन्धित सबैमा संघ हार्दिक आभार प्रकट गर्दछ ।

२१ जुलाई २०२२
ललितपुर, नेपाल ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...