Friday 23rd January 2026

नागालैंडमा स्वास्थ्य विभागको नयाँ बुष्टर भ्याकशिनेसन लगाउन आग्रह


डा. हरिमोहन पोखरेल, कोहिमा/नागालैंडमा राज्यको स्वास्थ्य सेवा विभागले राज्यका सबै नागरिकलाइ चाँडो भन्दा चाँडो कोभिडको प्रोटोकल फोलो गर्दै नया बूस्टर डोस लगाउन आग्रह गरेको छ ।

राज्यको स्वास्थ्य सेवा विभागका द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि राज्यका सबै मानिसहरूले सरकारी अस्पताल/डिस्पेंसरी आदिमा गएर बूस्टर खोप लगाउनुपर्ने छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि राज्यमा धेरैजसो मानिसहरूले कोविदको दोस्रो खोपसम्म पनि नलगाएकोले गर्दा कोभिडको प्रकोप बढेर जाने डर भएको कुरा पनि गरेको छ । विज्ञप्तिका अनुसार कोभिडको प्रोटोकल फोलो भने सबैले गर्नुपर्ने छ । जसमा माॅकस निरंतर रूपमा लगाउनु पर्ने र सेनिटाइजर या हात धुने प्रकिया पनि जारी राख्नुपर्ने छ र सामाजिक दूरी भने बनाएर राख्नु पर्ने छ । यदि कुनै पनि मानिसले कोभिडको प्रोटोकल फोलो नगरे तथा खोप नलगाएको पाइएमा कडा कारबाही गरिने छ ।

स्मरण रहोस् नागालैंडमा कोभिडको प्रतिदिन बढोतरी भएको खबरले फेरि एकपटक लोकडाउन हुन्छ कि भन्ने डर छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...