Sunday 3rd May 2026

नेपालकुवेत सांस्कृतिक मञ्चले चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगरका साथ तीज मनाउने


नेपालकी चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर तीज मनाउन कुवेत आउने भएकी छन् । नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर कुवेत आउन लागेको कुरा मञ्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

नेपाल कुवेत सांस्कृतिक मञ्चले स्थापनाकालदेखि हरेक वर्ष नेपाली हिन्दूधर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा विशेष सांगीतिक धमाका गर्दै आएको छ तर गत वर्ष भने कोरोना महामारीका कारण कार्यक्रम हुन सकेको थिएन। यस वर्ष भने चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगरका साथ हरितालिका तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

उही खोलीमा पानी उही खोलीमा माछा, बनकी चरी बनैमा रमायो, चरि बस्यो निगाली गाँजैमा, माइतीको देश, गलकोटे बाँच्नै मन लाछैन, बिर्सने कोशिष गर्नेछु, विदेश जाँदैछु जस्ता सर्वाधिक लोकप्रिय गीत पस्किसकेकी चर्चित गायिका देवी घर्ती मगरले कुवेतमा रहेका अाफ्ना फ्यानहरूलाइलाइ यो तीजमा छमछमी नचाउने साइत यस पटक नेपालकुवेत सांस्कृतिक मञ्चल जुराएको छ ।

नेपाल कुवेत सांस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।

सांस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस सांस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत सांस्कृतिक मञ्चका वरिष्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत सांस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...