Friday 19th April 2024

नेपालकुवेत सांस्कृतिक मञ्चले चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगरका साथ तीज मनाउने


नेपालकी चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर तीज मनाउन कुवेत आउने भएकी छन् । नेपाल कुवेत सांस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्ती मगर कुवेत आउन लागेको कुरा मञ्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।

नेपाल कुवेत सांस्कृतिक मञ्चले स्थापनाकालदेखि हरेक वर्ष नेपाली हिन्दूधर्मावलम्बी महिलाहरुको महानचाड हरितालिका तीजमा विशेष सांगीतिक धमाका गर्दै आएको छ तर गत वर्ष भने कोरोना महामारीका कारण कार्यक्रम हुन सकेको थिएन। यस वर्ष भने चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगरका साथ हरितालिका तीज विशेष कार्यक्रम गर्न लागेको हो ।

उही खोलीमा पानी उही खोलीमा माछा, बनकी चरी बनैमा रमायो, चरि बस्यो निगाली गाँजैमा, माइतीको देश, गलकोटे बाँच्नै मन लाछैन, बिर्सने कोशिष गर्नेछु, विदेश जाँदैछु जस्ता सर्वाधिक लोकप्रिय गीत पस्किसकेकी चर्चित गायिका देवी घर्ती मगरले कुवेतमा रहेका अाफ्ना फ्यानहरूलाइलाइ यो तीजमा छमछमी नचाउने साइत यस पटक नेपालकुवेत सांस्कृतिक मञ्चल जुराएको छ ।

नेपाल कुवेत सांस्कृतिक मञ्चको २० औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाकामा स्थानीय कलाकारले समेत प्रस्तुति दिने छन। हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्न तथा प्रवासमा निरन्तर काममा व्यस्त हुने गीत संगीत प्रेमी नेपालीहरुका लागि सांगीतिक मनोरन्जन भरपूर रुपमा प्रदान गर्न नेपाल कुवेत सांस्कृतिक मञ्चले हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।

सांस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ना, सांगितिक मनोरन्जन तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस सांस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत सांस्कृतिक मञ्चका वरिष्ठ संरक्षक टिकाराम आचार्य तथा अध्यक्ष गोबिन्द बराललाई (सम्पर्क ६५०६५३७९) र अन्य कार्यसमिति सदस्यहरुसंग सम्पर्क गर्नुहुन कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल कुवेत सांस्कृतिक मञ्चकाे तर्फबाट अनुरोध गरेकाे छ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...