तोयानाथ उपेक्षित, तीतोपाटी/ब्रमाण्डमा अरबौ ताराहरु छन भन्ने कुरा त बारम्बार चर्चा हुदै आएको हो । सँगै लाखौ पृथ्वी पनि छन भनिएकै हो । तर कति ताराहरु छन कति पृथ्वी छन भन्ने एकिन तथ्यांक कहिल्यै कसैले भन्नै नसक्ने कुराहरु लाई जसले जे भने पनि पत्याउन पर्ने बाध्यता र नपत्याउने छुट पनि छ ।
एक बैज्ञानिक अन्वेशषणले अहिले सम्म पत्ता लागेका पृथ्वीको संख्या १६ सय भन्यो तर हरेक दिन जसो यस्ता नयाँ नयाँ पृथ्वीहरु पत्ता लाग्दै आएका समाचारहरु निरन्तर आईरहेका छन । पृथ्वीसँग सम्बन्धि सामान्य ज्ञान समेत नभएका मानिसहरुलाई ब्रमाण्डका कुरासँग कुनै चासो र सरोकार हुने कुरा हुदैन । जसलाई प्राप्ती गर्ने कुनै आधार नै नभए पछि थाहा पाउनु र नपाउनु उस्तै उस्तै लाग्छ । तर त्यसो भनेर सवै ले कानमा तेल हाल्ने हो भने नयाँ कुरा खोज्ने कसले र नयाँ जानकारी दिने कसले ? अत यो विषय को विज्ञान अलग छ । यसको चासो र सरोकार पनि सिमित मानिसहरुको लागि सवै भन्दा महत्वपूर्ण छ । यसैका लागि जिबन सर्मपण गर्ने बैज्ञानिक र त्यसैका लागि काम गर्ने बैज्ञानिक सस्थानहरु छन । जसका आँखा धर्तिमा नभएर ब्रमाण्डमा डुलिरहेका हुन्छन । तिनको बर्षौ लामो खोज, अध्यायन र अनुसन्धान हाम्रो लागि ठुला उपहार हुन ।
चालिस करोड ताराहरु रहेको हाम्रो ग्यालेक्सि मा कतिवटा पृथ्वी होलान ? ग्यालेक्सि को संख्या यति नै छ भन्ने टुंगो लागिसकेको छैन । हाम्रो ग्लोक्सिमा मात्र पृथ्वीको साईजका ४० करोड तारा रहेका छन । पृथ्वी भन्दा ठुला र सानाको हिसाब गर्ने हो भने कति होलान । यो हाम्रो आकाश गंगा ब्रमाण्डमा रहेका अन्य आकाश गंगा भन्दा ठुलो होईन । यसथै अरबौ खरबौ ताराहरु रहेको आकाशमा हाम्रा बैज्ञानिकहरुको ध्यान सधै नयाँ नयाँ पृथ्वी खोज्नमा अनुसन्धान केन्द्रित छ ।
भरखरै प्राप्त खबरमा एउटा नयाँ पृथ्वी पत्ता लागेको कुरा बैज्ञानिकहरुले अघि सारेका छन जुन हाम्रो पृथ्वीबाट ५०० प्रकाश बर्ष टाढा छ । त्यो भनेको कति होला भन्ने मनमा भए आफै हिसाव गर्नुस है त । एक प्रकाश सेकेण्ड मा ३०० किलोमिटर हुन्छ उसो भए एक मिनटमा कति ? एक घण्टामा कति ? एक दिनमा कति ? एक महिना साल हुदै ५०० प्रकाश बर्षको हिसाव निकाल्न तपाईको क्यालकुलेटरबाट सम्भव नहोला । त्यो दुरी मा पाईएको नयाँ पृथ्वीलाई केप्लर १८६ एफ नाम दिएका छन । जसको साईज पृथ्वी भन्दा ठुलो छ ।
उक्त ग्रह ले एउटा आफ्नो सुर्यलाई परिक्रमा गर्दछ । जसबाट उसको दुरी यस्तो ठाउँमा छ जस्तो हाम्रो पृथ्वी छ । त्यहाँ जीवन चल्ने बायुमण्डल र गुरुत्वाकर्षण छ भने उसको सतहमा तरल पानी पनि बग्दछ । यसो त अधिकांश ग्रहहरु मा पनि भएको बताईन्छ तर कुनै मा पानी बरफ का रुपमा त कुनै ग्रहको जमिन मुनि पानी पाईन्छ भनिन्छ । त्यसरी बरफका रुपमा रहने पानी वा जमिन भित्र रहने पानी भएका ग्रहहरुलाई बैज्ञानिकहरु ले जानकारीमा लिन्छन र छाडिदिन्छन । उनीहरु जहाँ पानी सतहमा बग्दछ त्यहाँ मात्र धेरै अध्यायन र अनुसन्धान गर्ने गर्दछन । किनभने उनीहरुको मकसद नै अर्को प्लानेट जहाँ जीवन चलाउन सकिन्छ की सकिन्दैन ? भविश्यमा त्यहाँ पुग्ने कुनै संभावना रहन्छ की रहदैन ? अर्थात एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिट प्वाईन्टका रुपमा प्रयोग गर्न सम्भव हुन्छ की हुदैन भनेर कल्पना गर्ने गर्दछन । यसका लागि सबै भन्दा पहिले त पृथ्वीबाट हाम्रै सौर्यमण्डल भित्र त्यस्तो ग्रह हुन अनिवार्य हुन्छ जहाँ जमिन मुनी, जमिनको सतहमा वा जमिन माथि पानी भएको होस ।
चन्द्रमा उपग्रह हो जसमा पनि पानीको आशा लाई बैज्ञानिकहरुले माया मारिसकेका छैनन । मंगलमा पनि त्यही सम्भावनाको खोजी छ । चीनले त चन्द्रमा कव्जा गर्ने हो की भन्ने डर नाशालाई लाग्न थालिसकेको छ । यदि पानी पाउने हो तर त्यहाँ जीवन को संभावना नभए पनि पानीबाट फयुल बनाउने र त्यसलाई टेकेर अर्को ग्रहमा लम्किने प्रयास बैज्ञानिकहरु को छ । संभावित ब्रमाण्डमा रहेका पृथ्वीहरु उनीहरुको खोजिको पहिलो विषय बनेका छन । त्यसो त कतिपय ग्रहहरुबाट रेडियो सिंनलहरु बैज्ञानिकहरुले प्राप्त गरि नै रहेका छन । उनीहरुले अर्को ग्रहमा एलियन भएको र तिनको प्रबृधी हाम्रो भन्दा उन्नत रहेको हुन सक्ने आशंका पनि गर्दै आएका छन । तर फिजिक्सका महसुर बैज्ञानिक स्टेफिन हाकिंसले भने एलियन सँग सम्पर्क नगर्न बैज्ञानिकहरुलाई सुझाव दिएका छन । उनीहरुले हाम्रो ग्रहलाई बुझन पाए भने मानिसहरुलाई सखाप पारेर उनीहरुले राज गर्ने उनको तर्क छ । तर कतिपय बैज्ञानिकहरु उनको विचार सँग सहमत छैनन ।