Wednesday 9th September 2026

सुडानमा अविरल वर्षापछिको पहिरोको कारण हजाराैंको मृत्यु


सुडानका लगातारको भारी वर्षापछि गएको पहिरोमा परि १ हजार जना भन्दा बढिको ज्यान गएको छ । गत अगष्ट ३१ मा गएको पहिरोको कारण सिंङ्गो गाउँ नै सखाप भएर गाउँका एक जना मानिस मात्रै बाँच्न सफल भएको खबर छ ।सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्चिमी क्षेत्रमा पहिरो गएर सो संख्यामा मानिसहरूको हताहत भएको जनाएको हो ।

आइतबार पहिरो गएर उक्त संख्यामा मानिसहरूको हताहत भएपछि विद्रोही संगठनले संयुक्त राष्ट्र संघ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट मानवीय सहयोगको लागि अपील गरेको छ।

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (RSF) बीचको युद्धपछि उत्तरी डार्फर राज्यका धेरै बासिन्दाहरूले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए।

सुडानमा अप्रिल २०२३ मा सुडानी सेना र आरएसएफ बीच सुरु भएको गृहयुद्धले देशलाई अनिकालमा डुबायो र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोप लागेको छ जहाँ डेढ लाख भन्दा बढि मानिसहरू मारिएको अनुमान गरिएको छ भने करोडाैं मानिसहरू घर छोडेर भागेका छन् ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...