Saturday 7th March 2026

लघुकथाकार रचना शर्माको लघुकथा ‘भोट नदिने को ?’ को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार रचना शर्माले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘भोट नदिने को ?’ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।
लघुकथाकार रचना शर्मासँग साक्षात्कार नभएपनि लघुकथा र सामाजिक संजालका माध्यमबाट नजिक र परिचित रहेको महसुस गरेकी छु ।उहाँका लघुकथाहरु मार्फत उहाँलाई पढिरहेकी छु ।

लघुकथाकार रचना शर्माको जन्म माता मीना शर्मा र पिता लक्ष्मण शर्मा पौडेलको सुपुत्रीको रुपमा २०३६/०९/१२ गते मेघौली, चितवनमा भएको हो । नवराज कोईरालासँग बैवाहिक सम्बन्धमा बाँधिएर भरतपुर महानगरपालिका -३ , चितवन, नारायणगढका स्थायी बासिन्दा हुनुहुन्छ ।

२०७६ भदौ १३ कुसे औंसीको दिनबाट पहिलो लघुकथा ‘फादर्ज डे’लेखेर लघुकथाकथा लेखन यात्राशुरु गर्नु भएको हो । पत्रिकामा छापिएको पहिलो लघुकथा ‘१० रुपैयाँको ब्याज’ गाउँ शहर डट कम अनलाइन पत्रिकामा २०७६ कार्तिक ९ मा छापिएको थियो ।अभिनय सहित लघुकथा बाचन गर्ने उत्कृष्ट अभिनेत्री तथा कुशल प्रस्तोता रचना शर्माले करिब ११९ वटा लघुकथाहरु एकल अभिनयका साथ वाचन गर्नु भएको छ । उहाँका अभिनय सहित वाचन गरिएका लघुकथाहरु हेर्दा उहाँको जन्म लघुकथाकै उन्नयनका लागि भएको हो जस्तो लाग्छ मलाई ।

प्रस्तुत लघुकथा ‘भोट नदिने को ?’ मा मुख्य पात्र एकजना साहित्यकार रहेका छन् । लघुकथा उनै साहित्यकारको वरिपरि घुमेको छ । कथा यसरी शुरुवात गरिएको छ ।दुईचारवटा कथा र कविता लेख्न थालेपछि उसले आफुलाई देवकोटा वा सम सम्झिन थाल्यो । आफ्ना रचनामा ऊ आफै गजक्क हुन्थ्यो । कसैले तारिफ गरिदिंदा उ सुन्निएको लास झैं फुल्थ्यो । उसले ख्वाउने चियाको लोभमा उसलाई तारिफ गर्ने मनग्य पाठक पनि भेटिन्थे ।यस्तो लोकप्रियता देखेर उ राजनीतितिर बहकियो । स्थानिय चुनाव आउँदै थियो, कसैले नपत्याएको एउटा पार्टीले उसलाई पत्यायो । उ नगरको मेयरको टिकट लिएर चुनावी मैदानमा उत्रियो । १० जनाको संयुक्त परिवार अनि नातागोता थुप्रै थिए उसका । चुनावमा पर्चा बाँढ्ने मान्छेको दु:ख थिएन । चुनाव आयो । मतदानको दिन पनि बित्यो । सपरिवारले मतदानमा भाग लिए । महिनादिनमा चुनावको नतिजा आएपछि उ चिन्तामग्न भएर सोचिरहेको छ ,’१० जना त मेरो परिवारका सदस्य नै छन् , फेरि को को २ जनाले मलाई भोट हालेनन् , जसले गर्दा मेरो ८ भोट मात्र आयो ?’ यसरी कथा समापन गरिएको छ ।

कथाले स्थानिय चुनावमा अरुले उचालिदिएको भरमा उम्मेदवारी दिने र अन्त्यमा जमानत समेत जफत हुने अबस्थामा रहेकाहरु प्रति तिखो कटाक्ष गरिएको छ । नेपाली समाजको यथार्थ लाई टपक्क टिपेर लघुकथामा थपक्क उतार्न सफल हुनुभएको छ कथाकार । शिर्षकले सार्थकता पाएको छ ।कथा सरल र सुबोध छ । भर्खर चुनाव सकिएर नतिजा आएकाले समय सान्दर्भिक छ । लघुकथाको मापनमा थपक्क बसेको छ ।

अन्त्यमा लघुकथाकार रचना शर्माका साहित्यिक यात्रा नारायणी नदी झैं अविरल बगिरहोस् २०० भन्दा बढी लघुकथा लेखिसक्नु भएकी लघुकथाकारका लघुकथा संग्रह सीघ्र पढ्न पाईयोस भन्दै उहाँको सुस्वास्थ्य,दीर्घायु,यश एवम् ऐश्वर्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लघुकथा :- भोट नदिने को ?
-रचना शर्मा

दुईचारवटा कथा र कविता लेख्न थालेपछि उसले आफुलाई देवकोटा वा सम सम्झिन थाल्यो । आफ्ना रचनामा ऊ आफै गजक्क हुन्थ्यो । कसैले तारिफ गरिदिंदा ऊ सुन्निएको लास झैं फुल्थ्यो । उसले ख्वाउने चियाको लोभमा उसलाई तारिफ गर्ने मनग्य पाठक पनि भेटिन्थे ।

यस्तो लोकप्रियता देखेर अब ऊ राजनीतितिर बहकिन थाल्यो । स्थानिय चुनाव आउँदै थियो, कसैले नपत्याएको एउटा पार्टीले उसलाई पत्यायो । ऊ नगरको मेयरको टिकट लिएर चुनावी मैदानमा उत्रियो । १० जनाको संयुक्त परिवार अनि नातागोता थुप्रै थिए उसका । चुनावमा पर्चा बाँढ्ने मान्छेको दुख थिएन ।

चुनाव आयो । मतदानको दिन पनि बित्यो । सपरिवारले मतदानमा भाग लिए । महिनादिनमा चुनावको नतिजा आएपछि ऊ चिन्तामग्न भएर सोचिरहेको छ , ” १० जना त मेरो परिवारका सदस्य नै छन् , फेरि को को २ जनाले मलाई भोट हालेनन् , जसले गर्दा मेरो ८ भोट मात्र आयो ?”


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...