Friday 26th April 2024

भारतीय उत्पादनमाथि अरबमा रोक


तोयानाथ उपेक्षित, तीतोपाटी / भारतीय खाद्यान्न लगायतका उसका उत्पादनहरुलाई खाडी राष्ट्रमा बहिस्कार एवं निषेध गर्ने क्रम बढेको छ । कुवेतले पनि भारतीय बजारको रुपमा रहेको आफ्नो भूमिमा उसका उत्पादनमाथि रोक लगाउन खोजेको देखिएको छ । त्यसको आपुर्तिको विकल्पका रुपमा ईरानबाट सामान सप्लाई हुने व्यवस्था गरेको छ ।

यस्तो अवस्था एकाएक कसरी आयो भन्ने पनि लाग्दो हो तर यो एक साता पहिलेको घट्नाको बाछिटाका रुपमा अहिले अरब देशहरुमा फैलदो छ । गत साता भारतीय सरकारको सस्थापन पार्टी भाजपा की प्रबत्ता नुपर शर्माले एक टिभी शो को बहसमा थुतुनो नसमाल्दा यस्तो बबण्डर बढेको हो । काशीमा रहेको प्राचिन ज्ञानबापी मस्जिदको संरचना उत्खननका क्रममा शिव लिंग फेला परे पछि हिन्दु र मुश्लिमसमर्थकहरु बीच जुहारी चल्न थालिसकेको थियो त्यसै बेला उनले टिभि शो को एक बहसमा पनि होस गुमाएर बोलिन ।

उत्खननमा भेटिएको शिब लिंग भनि बहुप्रचारित बस्तु शिब लिंग नभएर प्राचिन समयमा बनाईएको फाउन्टेन थियो । त्यसैलाई आधार बनाएर मुश्लिम समुदायले हिन्दुहरुलाई बदनाम गर्न शिव लिंग भन्दै उनीहरुले गलत भ्रम फैलाएको भन्ने नुपुरको टिप्पणी थियो । उनको टिप्पणीमा ईश्लाम विरोधी भाषा, भाष्य र आशय सहितका विचारहरु दुराशययुक्त थिए भन्दै भारतमा मुश्लिम समुदाय विरोधमा उत्रियो । सो क्रममा उत्तर प्रदेश कानपुर, कर्नाटक लगायतका ठाउँमा प्रहरी सँग मुश्लिम समुदायको झडप समेत भएको थियो ।
यसै समयमा भारतका पूर्व विधायक तथा उधोगपति नविन जिन्दालको एक टवीटले आगोमा ध्यु थप्ने काम गर्यो । उनले ईश्लामिक धर्मका पर्वतक प्रफेट महोमदको विवाहको विषयमा प्रश्न उठाएका थिए । नुपुरको अभिव्याक्तिले भारत भित्रै साम्प्रदायीक हिंसा भडकिने संभावना टार्दै सरकारले नुपुर को विचार गलत भएको स्वीकार मात्रै गरेन उनलाई पार्टीको प्रबक्ताबाटै निकाल्न पर्यो । यतिले मात्रै महौल शान्त भएको छैन । उनका विरुद्धमा भारतका विभिन्न छुट्टा छुटटै अदालतहरुमा मुद्धा दायर गरिएका छन ।

यसै विच अरब वर्ल्ड भारत सरकार देखि रिसाएको देखिएको छ । कुवेतले यहाँ स्थित भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण सोधेको छ । यसरी नै भारतका विरुद्धमा अहिले कुवेत, साउदी अरब र बहराईनले कडा कदम चालेको देखिन्छ । यहाँ स्थित सुपरमार्केटहरुबाट भारतीय उत्पादनहरुलाई हटाउन थालिएको छ । त्यसका ठाउँमा सामानहरु ईरानबाट आपुर्ति व्यवस्था मिलाईएको भन्ने समाचारहरु पनि बाहिर आएका छन ।

अरब देशहरु भारतीयहरुका लागि रोजगारीका मुख्य गन्तव्य र त्यहाँको उत्पादनको प्रमुख बजारहरु पनि हुन । स्थितिलाई बेलैमा नसम्हाल्ने हो भने भारतलाई निक्कै ठुलो नोक्सान हुनेछ भने भारतीयहरूका लगानीमा सञ्चालित उद्योग र व्यपारमा समेत नराम्रो असर पर्ने बताईन्छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...