Thursday 18th September 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – २४


स्रष्टा परिचय
नाम :गणेश नेपाली
जन्मस्थान: बगनासकाली १ बगनास,पाल्पा
बुवा:धनबहादुर नेपाली
आमा:उत्तमकुमारी नेपाली
शिक्षा:स्नातक
पेसा: स्वास्थकर्मी
प्रकासित कृति:
छाती चर्किएपछि (गजलसंग्रह २०६०)
स्रष्टाश्रृजना: पाल्पा( संयुक्त गजलसंग्रह २०७५)
अछुत (लघुकथासंग्रह)
पत्रपत्रिका विभिन्न रचना प्रकासित।
सम्पादन: काचुली साहित्य पत्रिका ,२९
संलग्नता:
बगनासकाली साहित्य परिषद् ।
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पा

रचना
गजल

यो ज्यानले कति खायो,लाठी बुट साथी
सहेकै हो हात खुट्टा,टुटफुट साथी

जनताको पसिनाले,लागेर होकि मात
पोल खोल्दै गर्छौ कति,कुटाकुट साथी

रगत सङ्ग खेल्न,भ्रष्टाचारमा डुब्न
कसले दियो भन त,यस्तो छुट साथी

ज्यानमा गोलि छररा,बोक्नेलाई बिर्सेर
गर्दैछौ रे शहरमा ब्रहमलुट साथी

भागबन्डा र कुर्चिलाइ,अगालो हाले नि
अरु बेला देखिएन,एकजुट साथी


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...