Tuesday 3rd March 2026

स्याङ्जामा मतदाता बोकेको जीप दूर्घटना, १३ को मृत्यु, १२ घाइते


स्याङ्जामा मतदाता बोकेको बोलेरो जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । सिख्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

मृतकहरूको सनाखत भइसकेको छैन । घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।

घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूलाइ प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

यदि ईरान ले बेलैमा घुडा टेकेन भने मध्यपूर्वमा क्षेत्रिय युद्ध धेरै टाढा छैन । साईप्रस मा भएको युके को सैन्य…

प्रतिकृयाहरू
...