Sunday 17th May 2026

लघुकथाकार इन्दिरा देवकोटाको लघुकथा “आमा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार इन्दिरा देवकोटाले हाम्रो लघुकथा पाठशालामा मातातिर्थ ओैसीको शुभकामना सहित प्रेषित गर्नु भएको लघुकथा ”आमा”पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार इन्दिरा देवकोटासँग भौतिक रुपमा साक्षात्कार हुन नपाएपनि लघुकथाको माध्यमबाट म उहाँलाई राम्रोसँग चिन्दछु । फेब्रुअरी ४, २०२१ देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर ”तरकारी”पहिलो लघुकथा प्रेषित गर्दै लघुकथा लेख्न शुरु गर्नुभएको हो । समाजका विकराल समस्याहरुमा व्यग्यंगर्दै लघुकथा लेख्ने बिशेषता भएकी लघुकथाकारको जन्म पिता लिलाधर पौडेल र माता चित्रकला पौडैलको सुपुत्रीको रुपमा सैनामैमा नगरपालिका, रूपन्देहीमा २०३४/०५/ १५ मा भएको हो । उहाँ हाल कपिलवस्तु नगरपालिका, आनन्दबाग, कपिलवस्तुमा स्थायी बसोबास गर्नुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएकी लघुकथाकार शिक्षण पेशाका साथ नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउन रुचाउनु हुन्छ ।२०६३ देखि नारी दिवस कविता प्रतियोगिताबाट साहित्य साधनामा लाग्नुभएकी साहित्यकार देवकोटाले शाक्यसमाज पुरस्कार, नारी दिवस २०७३ को प्रथम पुरस्कार शाक्य समाज सम्मान जस्ता पुरस्कार र सम्मानबाट सम्मानित हुनुभएको छ ।उहाँ हाम्रो लघुकथा पाठशाला पेजमा प्रत्येक हप्ता आईतबार संचालनहुने ”आजका लघुकथाहरु ” कार्यक्रमकी कुशल प्रस्तोता पनि हुनुहुन्छ ।

प्रस्तुत कथामा उ र उसको छोरो दुईजना मुख्य पात्र छन् भने आमा र हजुरआमा गौण पात्र । लघुकथा मातातिर्थ ओैसी विशेषको रुपमा रहेको छ । कथा यसरी शुरु भएको छ आज उसले बिहानै नुहाएर फूल टिप्यो कोठाको दक्षिण भित्तामा तस्विर हेरेर एक छिन् टोलायो मिठाईको पिस पिलेटमा राखेर तस्विरमा माला लगायो,ढोग्यो फेसबुकमा हजुर हामी सामु नभए पनि हजुरको अभाव सधै हुनेछ भन्दै तस्विर पोष्ट गर्यो ।
उसका सबै क्रियाकलाप हेरिरहेको छोराले प्रश्न माथि प्रश्न गर्न थाल्यो । छोराको प्रश्न टार्न प्रसंग बदल्न खोज्यो उसले“आज आमाको मुख हेर्ने दिन के किनेर दियौ त छोरा आमालाई ? मलाई मामा घरमा टिकालगाएर दिएको पैसाले किनेर गिफ्ट दिएँ । छोराले भन्यो ।हजुरले आफ्नो आमालाई नि के किन्दिनु भयो छोराले प्रश्न गर्यो ।

मेरो आमा भगवानको घर जानु भयो । कसरी मुख हेरौं त्यसैले त फोटोमा पूजा गरेको ।

हजुरले झुठो बोल्नु भयो । मेरो हजुर आमालाई पशुपति लगेर छोड्नु भएको छ रे मैले मामा घरको हजुरआमाले अरूसंग कुरा गरेको सुनेको छोराले भन्यो । छोराको बालहठको अगाडी उनीहरूको केही चलेन आखिरीमा सबै जना पशुपति तिर लागे । बृद्धआश्रमको ढोकामा पुगेर आमा खोज्यो उसले । एक जना बृद्ध हातमा कागजको चिर्कटो लिएर आएर उसलाई दिंदै भने “ यो नातिलाई दिन भन्नु भएको थियो तिम्रो आमाले । “

उसले फेरी सोध्यो आमा ? बृद्धले भने “दुई दिन देखि दाग बत्ति दिने कोहि नभएर अस्पताल मै राखिएको थियो । आज बिहानै एक जना आएर दाग बत्ति दिए । जाउँ
खरानी बॉकिहोला । उ दौडिदै आर्यघाट तर्फ लाग्यो । त्यहॉ उसकी आमालाई जलाएको चिता बागमतीको पानीले पखाली रहेका थिए । उ भाव बिभोर भयो हातको चिर्कटो खोलेर हेर्यो ।”तिमीले कहिल्यै बाबा आमा बृद्धआश्रम नराखे” लेखिएको रहेछ । हातमा आमाको अस्तु लिएर जोडले आमा भन्दै करायो तर आमा …! कथा यसरी समापन भएको छ ।

प्रस्तुत कथामा आमालाई बृध्दाश्रममा राखेर छोरालाई मेरो आमा मरिसकेकी छन् भन्दै फोटोमा पुजा गर्दै फेसबुकमा पोस्ट गर्ने उ पात्रको माध्यमबाट हाम्रो समाजमा जताततै रहेका ढोगींहरुको चरित्र चित्रण गरिएको छ । यस्तो संस्कारमा हुर्किएको नातिले कस्तो संस्कार सिक्ला भन्ने मुख्य उदेश्य रहेको छ लघुकथाको । कथा मार्मिक र हृदयबिदारक छ । हजुरआमाले नातिको लागि छोडेको चिठ्ठीमा लेखिएको वाक्यले पाठकको मनमा झड्का लगाउछँ । उठानको विपरीत भावमा कथा समापन भएकाले कथा लघुकथाको मापनमा थपक्क बसेको छ ।
यति सुन्दर लघुकथामा पनि केही कमी कमजोरी रहेका छन् । कथालाई अझ सुन्दर बनाउन सकिने देखिन्छ । व्याकरणात्मक त्रुटिहरुले हलुवामा बालुवाको काम गरेका छन् ।
अन्त्यमा हाम्रो लघुकथा पाठशालाकी अब्बल बिद्यार्थी कुशल बाचक इन्दिरा देवकोटाको साहित्यिक यात्राले सगरमाथाको शिखर चुमोस ।लघुकथा संग्रह यथासिघ्र प्रकाशित होस् भन्ने कामनाका साथ सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यको लाखौलाख शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
हरिवन -१०, सर्लाही
हाल गठ्ठाघर,भक्तपुर

लघुकथा : आमा
इन्दिरा देवकोटा कपिलवस्तु

आज बिहानै उठ्यो ! नुहाए र फूल टिप्यो कोठाको दक्षिण भित्तामा झुण्डाएर राखेको तस्विर झिकेर सफा गर्यो ! तस्विर हेरेर एक छिन् टोलायो ऊ ! मिठाईको पिस पिलेटमा राखेर तस्विमा माला लगायो ! अनि फोटोमा ढोग्यो ! फेसबुकमा हजुर हामी सामु नभए पनि हजुरको अभाव सधै हुनेछ भन्दै तस्विर पोष्ट गर्यो !

उसका सबै क्रियाकलाप हेरिरहेको थियो उसको सानो छोराले ! छोरो उसको नजिकै गयो !प्रश्न माथि प्रश्न गर्न थाल्यो ! छोराको प्रश्न टार्न प्रसंग बदल्न खोज्यो उसले ! “आज आमाको मुख हेर्ने दिन के किनेर दियौ त छोरा आमालाई ?”

“मलाई मामा घरमा टिकालगाएर दिएको पैसाले किनेर गिफ्ट दिएँ ! हजुर आफ्नो आमालाई नि ?”के किन्दिनु भयो छोराले प्रश्न गर्यो !

उसले मलिन अनुहार पारेर भन्यो “छोरा मेरो आमा भगवानको घर जानु भयो ! कसरी मुख हेरौं त्यसैले त फोटोमा पूजा गरेको !मेरो आमा भएत …… ! “

हजुर झुठो बोल्नु भयो मेरो हजुर आमालाई पशुपति लगेर छोड्नु भएको छ रे ! मैले मामा घरको हजुरआमाले अरूसंग कुरा गरेको सुनेको ! छोराले भन्यो !

छोराको बालहठको अगाडी उनीहरूको केही चलेन ! अाखिरीमा सबै जना पशुपति तिर लागे । बृद्धआश्रमको ढोकामा पुगेर आमा खोज्यो उसले ! एक जना बृद्ध हातमा कागजको चिर्कटो लिएर आएर उसलाई दिंदै भने “ यो नातिलाई दिन भन्नु भएको थियो तिम्रो आमाले । “

उसले फेरी सोध्यो आमा ?
बृद्धले भने “दुई दिन देखि दाग बत्ति दिने कोहि नभएर अस्पताल मै राखिएको थियो ! आज बिहानै एक जना आएर दाग बत्ति दिए !जाउँ
खरानी बॉकिहोला ! उ दौडिदै आर्यघाट तर्फ लाग्यो । त्यहॉ उसकी आमालाई जलाएको चिता बागमतिको पानीले पखाली रहेका थिए ! ऊ भाव बिभोर भयो हातको चिर्कटो खोलेर हेर्यो ! तिमीले कहिल्यै बाबा आमा बुद्धआश्रम नराखे लेखिएको रहेछ ! हातमा आमाको अस्तु लिएर जोडले आमा भन्दै करायो तर आमा ……!

सबै आमा बाबा आफ्ना सन्तानसंगै बस्न पाउन ! मातातिर्थ औंशीरसम्पूर्णमा कामना !


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...