Monday 22nd December 2025

कुवेतमा पाल्पाका खनाल सम्पर्क बिहिन


कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न।

लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो।

पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक गायब भएपछि उनका आफन्त ज्ञान प्रसाद पान्डेयले खनाल हराएको जानकारी गराएका हुन। कुवेतमा कार्यरत नेपाली दाजु भाइ दिदी बहिनीहरुले यदि खनाललाई देख्नु भएमा ज्ञान प्रसाद पान्डेयको सम्पर्क नम्बर ६६२०२५९९ र उनी कार्यरत कम्पनीको नम्बर ५५१२७३०८ सम्पर्क गरिदिनु हुन आफन्त पान्डेयले अनुरोध गरेका छ्न ।

यस बारेमा नेपाली दूतावास कुवेतमा बुझ्दा हराएको भन्ने जानकारी प्राप्त भएको र खोजिकार्यको लागि पहल भएको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...