Tuesday 31st March 2026

लघुकथाकार चेतनाथ दाहालको लघुकथा “पीडा” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार चेतनाथ दाहालले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा “पीडा” पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार चेतनाथ दाहालको जन्म २०२२१/०८/०२ गते (साबिक मारेक कटहरे) हाल महालक्ष्मी नगरपालिका -२,धनकुटामा माता स्व.धनमया दाहाल र पिता स्व.अग्नि प्रसाद दाहालका सुपुत्रको रुपमा भएको हो । स्थायी ठेगाना कानेपोखरी गाउँपालिका – २ मोरङ हो भने हालको अस्थायी बसोबास स्वयंभू (भगवानपाउ ) काठमाण्डौमा रहेको छ । प्रविणता प्रमाणपत्र सम्मको ओैपचारिक शिक्षा हासिल गर्नुभएका लघुकथाकारको जिजीविषाको पेशा नोकरी(निर्माण व्यबसाय ) रहेको छ ।
समाजिक संजालमा साहित्यसँग सम्बन्धित बिभिन्न पेजहरुमा जोडिएर साहित्य साधनामा लाग्नु भएका लघुकथाकारले २०७७/०७/१० देखि हाम्रो लघुकथा पाठशालामा आवद्ध रहदै कथा प्रेषित गर्नुहुन्छ । उहाँको पहिलो लघुकथा २०७७/८/१० “परिस्थिति” हो । हाम्रो लघुकथा पाठशालामा पोष्ट भएकै लघुकथा “सम्पत्ति”हिमाल टाईम्समा पहिलो पटक २०७८/०३/२४ मा प्रकाशीत भएको हो ।

प्रस्तुत कथा ”पिडा”मा मुख्य मात्रको रुपमा म र उनी पात्र रहेका छन् ।कथा यसरी शुरु भएको छ ।”नमस्ते किशोर दाई!के छ तपाईंको अनी गाउँको हालखबर?”अलिक लामै समयको अन्तरालमा गाउँतिर जादैगर्दा गाउँभन्दा केही पर भेटिएका किशोर दाईसंग जिज्ञासा राखें मैले। मन नलागी नलागी नमस्ते फर्काउने बाहेक अरु कुनै प्रतिक्रिया जनाएनन् ।निकै उदास अवस्थामा भेटेपछि उनको बिगतमा हराउन पुगेछु म पनि।सीमा क्षेत्रका बासिन्दा उनी,आफ्ना छरछिमेकीहरुको लागी पनि प्रेरणाका स्रोत थिए।उक्त क्षेत्रमा बेलाबेलामा हुने उत्पीडनका बिरुद्ध उनी डटेर लड्थे।बसाईँ सर्न खोज्नेहरुलाई पनि भागेर हैन समस्यासंग जुधेर आफ्नो ठाउको उन्नतिमा अघि बढ्नुपर्छ भन्थे।शहरतिर तारे होटलमा गोष्ठी गरेर एउटा बक्तव्य जारी गरेर,नारा जुलुस गर्दैमा हाम्रो ठाउको समस्या समाधान हुदैन भन्ने मान्यता राख्थे उनी।
करिब दुई बिगाहा जमिनका मालिक उनी त्यसैमा पसिना बगाएर जहान परिवार पालेर बसेका थिए। तिनै किशोर दाई आज किन यस्तो अबस्थामा ? केहीबेरको मौनतालाई तोड्दै प्रश्न गरें मैले “दाई खेतीपाती त राम्रै हुदैछ नि!”
“छैन बाबु,खाली मालपोत मात्र तिर्ने हो।”उनको छोटो जवाफ थियो।
“किन?काम गर्न सक्न छोड्नुभो अब?”
“हैन बाबु,अब त त्यो जमिनको पुर्जामात्र मेरो साथमा छ”उनले भावुक हुदै जवाफ फर्काए।

प्रस्तुत कथामा सिमानामा बस्ने नेपालीहरुको पिडा उजागर गरिएको छ । छिमेकीको उत्पीडनले बसाँई सर्न खोज्नेहरुलाई समस्यासँग भागेर होइन डटेर लड्नुपर्छ भनि संम्झाउने उनी पात्र जस्ता जुझारु पात्र समेत सरकारको लाचारी र अकर्मण्यताको कारणले निरिह बन्न पुगेको तितो यथार्थलाई टपक्क टिपेर मर्मस्पर्सी कथा बुन्न सफल हुनुभएको छ कथाकार । कथा सरल, सुबोध र हृदयविदारक छ । सिमानाका बासिन्दा आफुले भोग चलन गरिरहेको जग्गाजमिन अर्कोदेशका जनताले भोगचलन गरिरहदाँ चुपचाप मालपोत तिर्न बाध्यछन् । पिडै पिडाले भरिएको लघुकथाको शिर्षक ”पिडा ”सार्थक रहेको छ ।कथाको शुरुवातका जुझारु कर्मठ युवा समापनमा पुग्दा अब त त्यो जमिनको पुर्जामात्र मेरो साथमा छ भन्दै भावुक जवाफ फर्काएकाले लघुकथामा हुनपर्ने विपरीत भावमा कथा समापन भएको छ जस्तो लाग्छ मलाई ।

अन्त्यमा साहित्यका बिभिन्न बिधामा कलम चलाउनुहुने साहित्यकार चेतनाथ दाहालको साहित्यिक आयामहरु अझ सदृढ हुदै जाउन् ।अर्ध शतक बढी लघुकथा लेखिसक्नु भएका लघुकथाकारका लघुकथा संग्रह सिघ्र पढन पाईयोस भन्दै सुस्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हरिवन-१०, सर्लाही
हालः गठ्ठाघर, भक्तपुर

लघुकथा “पीडा”
चेतनाथ दाहाल

“नमस्ते किशोर दाई!के छ तपाईंको अनी गाउँको हालखबर?”
अलिक लामै समयको अन्तरालमा गाउँतिर जादैगर्दा गाउँभन्दा केही पर भेटिएका किशोर दाईसंग जिज्ञासा राखें मैले।
तर,मन नलागी नलागी नमस्ते फर्काउने बाहेक अरु कुनै प्रतिक्रिया जनाएनन् उनले।
निकै उदास अवस्थामा भेटेपछि उनको बिगतमा हराउन पुगेछु म पनि।
सीमा क्षेत्रका बासिन्दा उनी,आफ्ना छरछिमेकीहरुको लागी पनि प्रेरणाका स्रोत थिए।उक्त क्षेत्रमा बेलाबेलामा हुने उत्पीडनका बिरुद्ध उनी डटेर लड्थे।बसाईँ सर्न खोज्नेहरुलाई पनि भागेर हैन समस्यासंग जुधेर आफ्नो ठाउको उन्नतिमा अघि बढ्नुपर्छ भन्थे।शहरतिर तारे होटलमा गोष्ठी गरेर एउटा बक्तव्य जारी गरेर,नारा जुलुस गर्दैमा हाम्रो ठाउको समस्या समाधान हुदैन भन्ने मान्यता राख्थे उनी।किनकि त्यस्ता क्रियाकलापले बेलाबेला झन् समस्या बल्झाउथ्यो।
करिब दुई बिगाहा जमिनका मालिक उनी त्यसैमा पसिना बगाएर जहान परिवार पालेर बसेका थिए।
तिनै किशोर दाई आज किन यस्तो अबस्थामा?म अचम्ममा परें।
केहीबेरको मौनतालाई तोड्दै प्रश्न गरें मैले “दाई खेतीपाती त राम्रै हुदैछ नि!”
“छैन बाबु,खाली मालपोत मात्र तिर्ने हो।”उनको छोटो जवाफ थियो।
“किन?काम गर्न सक्न छोड्नुभो अब?”मैले जिज्ञासा राखें।
“हैन बाबु,अबत त्यो जमिनको पुर्जामात्र मेरो साथमा छ”उनले भावुक हुदै जवाफ फर्काए।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...