Wednesday 7th December 2022

राप्रपाका १३ एजेण्डा तपाईलाई कस्तो लाग्छ ?


तोयानाथ उपेक्षित, तीतोपाटी / राप्रपाका १३ चुनावी एजेण्डा मध्ये एउटा एजेण्डालाई छाड्ने हो भने सत प्रतिशत समर्थन जनाउन सकिन्छ । पहिलो नम्बरमा उसले संवैधानिक राजतन्त्रको स्थापना आफ्नो चुनावको मुल एजेण्डा बनाएको छ । २४० वर्षे राजतन्त्र भोगीसकेका नेपालीहरु पुनः राजतन्त्र फर्कियोस भन्ने चाहन्छन ? यसमा ठुलो विवाद गर्न सकिन्छ र यसको हल गर्ने प्रजातान्त्रिक पद्धती भनेको जनमत संग्रह हो जसलाई त्यहि रुपमा लगेर फैसला गर्ने हो भने आपत्ति मान्न पर्दैन ।

लाग्छ दलिय व्यवस्थाका ३० वर्षले राजा फर्काउनु पर्दछ भन्नेको ठुलो संख्या थपेको छ । हालैका दिनमा त भन्न सकिन्न तर दलहरुको यस्तै रबैया रहिरहने र देशको अवस्था यहि रुपले चल्ने हो भने त्यो एक नम्बरको एजेण्डाले पनि राम्रै भाउ पाउन सक्छ ।

राप्रपाको २ नम्बर एजेण्डामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, ३ नम्बर एजेण्डामा ७७ जना सांसद, ४ नम्बरमा रहेको २१ जना सांसद रहेको राष्ट्रिय सभा, ५ नम्बरमा सांसदहरु मन्त्री बन्न नपाउने, ६ नम्बरमा १३ मन्त्रालय १३ मन्त्री जहाँ कुनै उप वा साहयक मन्त्री नरहने व्यवस्था, यसरी नै कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नपाउने व्यवस्था, पाँच विकाश क्षेत्र, संघियताको खारेजी, स्थानिय निकायलाई बलियो बनाउने नीति, जात हैन वर्गको आधारमा आरक्षण दिने व्यवस्था, प्रत्येक नेपाली महिला तथा पुरुषले अनिवार्य रुपले २ वर्ष सैनिक तालिम लिनु पर्ने व्यवस्था, संस्कृत शिक्षा अनिवार्य गर्ने र कक्षा ६ देखि १२ सम्म अनिवार्य योग तथा आर्युवेद शिक्षा दिने जस्ता कुराहरु छन् ।

अहिले मुलुकले खोजेका विशेष एजेण्डाहरुलाई राप्रपाले बोकेको छ । यी कुनै पश्चगामी एजेण्डा नभएर मुलुकमा देखिएको राजनैतिक विसंगती र तिनले मुलुकलाई दिन नसकेको निकास र विकासका विकल्पहरु पनि हुन । ढिलो चाँडो यीनै मुद्धामा मुलुक फर्कन्छ भन्नेमा पूर्णत विश्वास गर्न सकिन्छ ।

राप्रपामा कमल थापाको बहिर्गमन र राजेन्द्र लिंगदेनको आगमन सँगै उक्त पार्टी स्पष्ट एजेण्डाका साथ अघि बढेको देखिन्छ । संभवत नेपाली जनताले यीनै एजेण्डामा आफूलाई केन्द्रित गर्न सक्ने संभावना प्रवल छ । देश कुनै समाजवाद वा साम्यवादको ललिपपमा हैन मुलुक र माटो सुहाउँदो व्यवस्थाबाट मात्र अघि बढ्छ भन्नेमा कुनै दुविधा राख्न पर्ने हुदैन । राप्रपाले उठाएका एजेण्डामा राजसंस्थाको पुर्न स्थापनालाई अस्वीकार वा स्वीकार जसले जे गरे पनि बाँकी १२ मुद्धा मा विमती राख्न पर्ने कारण देखिँदैन ।

मुलुकको अर्थव्यवस्थाले धान्न नसक्ने संघियताको खारेजी आजको आवश्यकता बनिसकेको छ । एमालेले छिटपुट रुपमा संघियताको विरोधमा बोलिरहेको अवस्थाले राप्रपा र एमालेलाई नजिकै राख्न सक्छ । राजसंस्थाको मुल एजेण्डा बाहेकका अरु सवै एजेण्डा सवै दलका एजेण्डा बनेनन भने राप्रपा अर्को चुनाव सम्ममा आफूलाई केन्द्रिय राजनितीमा शसक्त रुपमा आउनबाट कसैले रोक्न सक्दैन । सरकारको गठन र सांसदहरु मन्त्री बन्न नपाउने व्यवस्थालाई आत्मासाथ गरिएको उसको एजेण्डा पनि त्यतिकै लोकप्रिय छ । विगतमा माओवादीले भाषणमा भन्ने गरेको सवै युवा युवतीलाई अनिवार्य सैनिक तालिम सत्तामा आए सगै विर्सिएको मुद्धालाई पनि राप्रपाले टपक्क टिपेर आफ्नो एजेण्डा बनाएको छ जुन राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेछ भन्ने कुरा ईजरेल वा अहिलेको युक्रेनलाई हेरे त्यसको अनिवार्यता राम्ररी महसुस गर्न सकिन्छ ।
आयुर्वेद शिक्षा र अनिवार्य संस्कृति देशको सभ्यता जोगाउन र मुलुकको जडीबुटीमा जनता स्वास्थ्य राख्न ठुलो मद्दत पुग्नेमा पनि विमती राख्न पर्दैन । न्यायलयमा भएको बेथिति र अस्तव्यस्त राजनैतिक हस्तक्षेपका कारण नै हो भन्नेमा पनि होईन भन्ने कोही नहोला त्यसलाई शक्ति पृथकीकरण र संन्तुलनको सिद्धान्तलाई व्यवहारत लागु गर्न राप्रपाले उठाएको एजेण्डा जायज छ ।

संघियताको खारेजी, मन्त्री मण्डलको चुस्त आकार, भेडाबाख्रा जस्ता भत्ता र तलबी दर्जनौ मन्त्री र सयौ सांसद पाल्न सानो मुलुकले नसक्ने हुँदा एउटा जिल्लालाई एउटा सांसदको व्यवस्थाले मुलुकमा नेता पाल्ने ठुलो धनराशी बचत हुन जाने हुँदा मुलुकलाई अघि बढाउन उक्त रकमले ठुलो भरथेग गर्दछ र अर्थतन्त्रमा सकरात्मक असर र विकासमा देशले फड्को मार्ने हुँदा राप्रपालाई हिजोको नजरले हेरेर धारे हात लगाई रहनु किन पर्यो र जसको राम्रो नीति हुन्छ जनताले उसैलाई चुन्न पर्दछ ।


Loading...
सम्बन्धित शीर्षकहरु

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो…

मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी…

शीतहरु १ टप टप शीत वर्षा २ जता ततै तिम्रै चर्चा ३ ज्वती पुञ्ज शीत गुञ्ज ४ शीत धारा अति…

प्रतिकृयाहरू
...