Friday 7th February 2025

लघुकथाकार मधुसूदन प्रसाद घिमिरेको लघुकथा “म मरेको दिन” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – यहि मिति २०७८/१२/१७ गते बिहिवार लघुकथाकार मधुसूदन प्रसाद घिमिरेले हाम्रो लघुकथा पाठशाला पेजमा प्रेषित गर्नुभएको लघुकथा “म मरेको दिन“ पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ समेटने प्रयास गरेकी छु ।

जनवरी १८, २०२१ देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर लघुकथा प्रेषित गर्नुहुने लघुकथाकार मधुसूदन प्रसाद घिमिरेसँग लघुकथा, सामाजिक संजालहुदै प्रत्यक्षरुपमा परिचित भएकी छु । काठमाडौं महानगरपालिका – नयाँ बानेश्वर, शान्ति नगरका स्थायी बासिन्दा साहित्यकार मधुसूदन प्रसाद घिमिरेको जन्म पिता स्वर्गीय हरि प्रसाद घिमिरे र माता स्वर्गीय चन्द्र प्रभा उपाध्यायका सुपुत्रको रुपमा २०१३/१/९ गते भएको हो । २०३२ साल देखिनै साहित्य सृजनामा लाग्नुभएका साहित्यकारका दुई दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । आधादर्जन भन्दा बढी साहित्यिक संघ संस्थाहरुसँग आबद्ध रहनु भएका साहित्यकार दर्जन भन्दा बढी सम्मान पत्र र पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँका लघुकथाहरुमा समाज र मानव जीवनका भोगाइहरुलाई टपक्क टिपेर थपक्क सजाईएको मैले पाएकी छु ।

प्रस्तुत कथामा मुख्य पात्रको रुपमा “म“पात्र रहेको छ । कथा यसरी शुरु भएको छ ।म अकसर सपना देख्ने गर्छु नचिताएका र अकल्पनिय कुरा ।कहिले डर लाग्छ कहिले रहरहिजो राति सपना देखेँ ।म मरेको रहेछु ।सवै मिले वाँधे । घाटमा लाने तर्खर गरे ।अनि एकातिर धर्पत्नी सुँक्क सुक्क गर्दै भन्दि रैछ के गर्नु मेरा कुनै चाहना पूरा नगरि बुढा मेरे ।अब मैले रातै पहेलै भएर हिड्न कहाँ पाउनु नि!.छो अर्का तिर कोलाहल गर्दै रहेछ सवै व्यवहार वाले गरेका थिए म त बालखै भएर वसेको थिएँ।बा ले जिवनमा धेरै दुख गरे हामीलाइ शिक्षा दीक्षा दिए समरथि वनाए । बाको एउटा इच्छा थियो छुट्टै घर वनाउने, आफना रचना सुरक्षित राख्न पुस्तकालय खडा गर्ने। पूजा चौकि बनाउने तर के गर्नु जति उफ्रिए पनि भ्याउताको धार्नि पुगेकै हैन बाको धोको अधुरै रह्यो ।अबको महँगिमा मैले के नै गर्न सकौला र ? इष्ट मित्र साथि भाइ भन्दा रेछन् “ सवैको जाने बाटो त्यै हो तिमिहरु नरोउ, एक दिन सवैलेजानै पर्छ ।त्यहि सम्झाउने कै धर्म पत्नी केही दिन अगाडि मरेकि थिइ रे। त्यो वेलामा उसले पनि छाति पिटि पिटि रोएका थियो र भन्दै थियो रे “-उ त गै गै मलाइ एक्लै पारेर गै वाठि भै अब मलाइ कस्ले पो स्याहार्ला ? जे होस जीवन साथिको लागि एउटा त खोज्नै पर्ला नि अब यसरी विलाप गरि रहेकै वेला मेरो निन्द्रा खुलेछ म झसङ्ग भए छु ।संसार कस्तो रहेछ । मर्नु पनि एउटा रमाइलै रहेछ ।

नजिकै रहेको बोतल झिकेँ र पानी कलकल पिए ।एउटै खाटमा सुतेकि बुढी बिउझि उसले फतफताउदै भनि यतिवेला सम्म सुत्नु छैन।खालि मोवाइल चलायो गीत हे-यो।म चुप्प लागेँ । पालै पालो वाथरुम जाने तीर लाग्यौ ।यसरी कथाको समापन गरिएको छ ।

प्रस्तुत कथाले मानवीय प्रवृत्तिको चित्रण गरेको छ । मानिसले सपनामा कल्पना नगरेका कुराहरू देख्छ । आफु मरेको र घाट लान बाध्दै गरेको सपना देखेको म पात्रले श्रीमान मरेपछि श्रीमतीले रंगीन भएर हिडन नपाउने कुसंस्कार उजागर गरेको छ । अर्कोतिर संम्झाउने व्यक्तिको धर्मपत्नी भरखरै मरेकीले अब कसले मलाई स्याहार्ला भन्दै अर्को बिहे गर्न केटी खोज्ने बिचार गरेको कुरालाई रोचक पारामा प्रस्तुत गर्न सफल हुनुभएको छ कथाकार । कथा सरल र यथार्थपरक छ । एकदिन अबश्य मर्नुपर्छ । सोचेका सबै ईच्छा चाहनाहरु पूरा गर्छु भन्दाभन्दै जानेदिन आउछ नै भन्ने कथाले बताएको छ । कुसंस्कार माथि धावा बोल्न सफल रहेको छ कथा ।

यतिराम्रो यथार्थपरक कथाको अन्तिम अनुच्छेद नराखेपनि कथा पूरा हुने देखिएको छ अर्थात् कथाको भाव पूरा भईसकेको छ ।
अन्त्यमा अग्रज साहित्यकार मधुसूदन प्रसाद घिमिरेको साहित्यका अबिरल धारहरु बहिरहुन । सयौंको संख्यामा लघुकथा लेखिसक्नु भएका लघुकथाकारको लघुकथा संग्रह छिटै पढ्न पाईयोस भन्दै सुस्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

लघुकथा
म मरेको दिन
-मधुसुदन प्रसाद घिमिरे

म अकसर सपना देख्ने गर्छु । दिनमा नै सुते पनि । रातमा नै सुते पनि । सक भर सुगरका ओखति खानेमा निन्द्रा कम हुन्छ कि कसो । मलाई त्यस्तै लाग्छ । निन्द्रा आउन गारै मान्छ निन्द्रा लागे पछि सपना देख्छु नचिताएका, अकल्पनिय कुरा । कहिले डर लाग्छ कहिले रहर ।

हिजो राति सपना देखेँ । म मरेको रहेछु । सवै मिले वाँधे । घाटमा लाने तर्खर गरे ।अनि एकातिर धर्मपत्नी सुँक्क सुक्क गर्दै भन्दि रैछ “ के गर्नु मेरा कुनै चाहना पूरा नगरी बुढा मरे । अब मैले रातै पहेलै भएर हिड्न कहाँ पाउनु नि ….

छोरो अर्को तिर कोलाहाल गर्दै रैछ “- ऊ भन्दै रै छ “ सवै व्यवहार वाले गरेका थिए म त वालखै भएर वसेको थिएँ।बा ले जिवनमा धेरै दुःख गरे हामीलाइ शिक्षा दीक्षा दिए समरथि वनाए । अझैे बाको यौटा इच्छा थियो =“ यौटा छुटृै घर वनाउने, आफ्ना रचना सुरक्षित राख्न पुस्तकालय सानो रुपमा खडा गर्ने। पूजा चौकी राम्रो वनाउने इत्यादि । तर के गर्नु जति उफ्रिए पनि भ्याउताको धार्नि पुगेकै हैन वा को धोको अधुरै रह्यो । अवको महँगीमा मैले के नै गर्न सकौला र ? आदि इत्यादि ……..

इष्ट मित्र साथी भाइ भन्दा रैछन् “ सवैको जाने वाटो त्यै हो तिमीहरु नरोउ, एक दिन सवैले जानै पर्छ । त्यहि सम्झाउने कै धर्मपत्नी केही दिन अगाडि मरेकी थिइ रे। त्यो वेलामा उसले पनि छाती पिटि पिटि रोएको थियो र भन्दै थियो रे “- उ त गै गै मलाइ एक्लै पारेर गै वाठी भै अब मलाइ कस्ले पो स्याहार्ला ।?

जे होस जीवन साथीको लागि यौटी त खोज्नै पर्ला नि अब …

यसरी विलाप गरि रहेकै वेला मेरो निन्द्रा खुलेछ म झसङ्ग भए छु । संसार कस्तो रहेछ । मर्नु पनि यौटा रमाइलै रहेछ ।

नजिकै रहेको वोतल झिकेँ र पानी कलकल पिएँ । यौटै खाटमा सुतेकी बुढी ब्युँझिछ अनि उसले फतफताउदै भनि, “यतिवेला सम्म सुत्नु छैन। खालि मोवाइल चलायो, गीत हे-यो । म चुप्प लागेँ पालै पालो वाथरुम जाने तीर लाग्यौँ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...