Saturday 12th July 2025

गुल्मीको मालिका गाउँपालिकामा नयाँ अनुहारलाई चुनावमा उठाउन पार्टी नेतृत्वसँग माग


हरि खनाल, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका अध्यक्ष लगायतका जन प्रतिनिधिहरुलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा लगायतलाई पुन: उम्मेद्वार नगराउन स्थानियबासीले पार्टीको जिल्ला तहका नेताहरुलाई अनुरोध गरेका हुन् ।

२०७४ सालमा निर्वाचित भएपछि मालिका गाउँपालिकामा भष्ट्राचार बाहेक अरु केही हुन नसकेको भन्दै मालिकाबासीहरुले जन प्रतिनिधिलाई पुन: चुनावमा नउठाउन र नयाँ अनुहारलाई पालो दिन एमालेका जिल्ला तहका नेताहरुलाई आग्रह गरेका छन् । मालिकाका ८ वडामा विजुली बत्ती,खानेपानी र सडक लगायतमा अहिलेसम्म समस्या उस्तै रहेको छ ।

मालिका गाउँपालिका वडा नं. १ नेटाका जितबहादुर घर्तिले भने; ” एमालेका नेताहरुले टुरिष्ट मान्छेलाई २०७४ सालमा उठाएर गल्ती गरे, अहिलेका अध्यक्षले अहिलेसम्म गाउँपालिकालाई के गरेका छन् ? एक काम भन्नुस्।” अरु गाउँपालिकाका प्रमुखले बिकास, निर्माण होस् कि अन्य सामाजिक कार्य हो कति राम्रो गरेका छन् । मालिका गाउँपालिकामा ४ वर्षमा सबै अस्तव्यस्त गराए ।”

यस्तै वडा नं. १ दर्लिंगका घनश्याम भुसालले भने; मालिका नेपाल कै भ्रष्ट्र गाउँपालिका भन्दा फरक पर्दिन, ४ वर्षमा शुन्य काम छ । जनताले जस्तो अपेक्षा गरेका थिए, जुन आवश्वासन दिएर चुनाव जितेका थिए त्यो केही गरेनन् । व्यापारी मान्छेलाई अध्यक्ष बनाएर गाउँको बिकास हुन्छ ? विकासका कुरा गर्ने हो भने ठेक्दार, कर्मचारी, जन प्रतिनिधि मिलेर लुट्ने काम मात्र भयो । अब हामो गाउँपालिकामा राम्रो मान्छेलाई उठाउनुपर्छ ।

एमालेले मालिका गाउँपालिकामा नयाँ अनुहारलाई चुनावमा उठाउनु पर्छ, “अध्यक्षले ४ वर्षसम्म केही काम पनि नगर्दा स्थानिय जनता आक्रोसित छन्, फेरि पनि उनलाई उठाएर एमालेले फेरि गम्भिर गल्ती गर्न हुँदैन, वार्ड नम्बर ८ मर्भुङ्गका सुशील जिसीले भने।”

अर्खावाङ्गका प्रकाश लम्सालले भने; “मालिका गाउँपालिकाकाका जन प्रतिनिधिले त सरसफाई अभियानदेखि सडक, खानेपानी, निर्माणमा ठेक्दार, ईन्जिनियरसँग मिलेर हरेक ठेक्कापट्टामा ३५ प्रतिशतसम्म लिएर भ्ष्ट्रचार गरेका छन् । कुनै योजना परे जसले बढी पैसा दिन्छ त्यो योजनाको ठेक्का उसैलाई दिएका छन् । यस पालिकाभरी जती योजना छन्, सबैमा यिनिले मिलिमतोमा ठुलो रकम लिदै आएका छन् । १ करोडको ठेक्कामा १५ लाख जन प्रतिनिधिले लिन्छन् । ४ वर्षमा जन प्रतिनिधिले करौडौ कमाएर बसेका छन् । ठुलो रकम हिनाबिना भएको छ । आफन्तका नाममा पैसा लुकाएर बसेका छन् । यिनीहरुलाई फेरि पनि चुनावमा उठाउने त ?”

वार्ड ७ घमिरका नारायण पन्थी भन्छन्; मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, उपाध्यक्ष देवा अर्याललाई फेरि चुनावमा उठाउनु भनेको एमाले सिद्दिनु हो, अध्यक्ष जहाँबाट आएका थिए उतै फर्के हुन्छ व्यापारमा, कांग्रेसको गठबन्धन नभएपनि पुरानालाई फेरि उठाए एमालेले चुनाव हार्छ, एमालेले नयाँ अनुहार ल्याउनुपर्छ । यहाँका अध्यक्षलाई यहाँका स्थानियले रुचाउदैनन् । सचिवद्वय प्रदिप ज्ञवाली, गोकर्ण विष्टलाई अनुरोध छ कि अहिलेको अध्यक्ष जस्तालाई चुनावमा फेरि उम्मेद्वार बनाउने काम झुक्किएर पनि नगर्नुस् नत्र भएको एमाले पनि सिद्दिने छ ।”

यस पालीकाको स्थानिय निर्वाचनमा गुल्मीका सबै स्थानिय तहमा नयाँ अनुहारलाई चुनावमा उठनुपर्ने कांग्रेस, एमालेका कार्यकर्ताहरुले नेताहरुलाई सुझाव दिएका छन् । जिल्लाका स्थानिय तहमा ४ वर्षको अवधीमा बिकास निर्माण भन्दा भ्रष्ट्रचार बढेको आरोप लाग्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...