Tuesday 20th October 2026

सीआईबीमा प्रियङ्काको बयान–‘क्रिप्टोको प्रचार गरेको छैन, अनुसन्धानमा सघाउँछु’


क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उनले डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ बारे यस्तो पोष्ट गरेकी थिइन्–‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ ब्युरोका अनुसन्धान अधिकृतहरूसँग उनले सो पोष्ट आफ्नो नभएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘यसमा म पनि अनभिज्ञ छु, मेरो संलग्नता छैन ।’

सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले  बताए । उनले भने–‘उहाँले अनुसन्धानमा सघाउँछु भन्नुभएको छ, फोटो दुरुपयोग गरेर पोष्ट गरिएको हुनसक्छ हामी त्यसतर्फ अनुसन्धान गरिरहेका छौँ ।’ नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई आइतबार बयानका लागी बोलाएको थियो । आफ्नो फोटो दुरुपयोग गर्नेबारे अनुसन्धान गर्न प्रियङ्काले आग्रह गरेकी छिन् । तर, उनले अनुसन्धानका लागि लिखित निवेदन दिएकी छैनन् ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...