Monday 5th October 2026

सीआईबीमा प्रियङ्काको बयान–‘क्रिप्टोको प्रचार गरेको छैन, अनुसन्धानमा सघाउँछु’


क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा चलचित्र नायिका प्रियङ्का कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोधपुछ गरेको छ । आइतबार ब्युरोले बोलाएपछि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा गएकी कार्कीले प्रहरीसँग आफूले क्रिप्टोकरेन्सीको प्रचार नगरेको दाबी गरेकी छिन् । प्रहरीका अनुसार केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा उनले डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ बारे यस्तो पोष्ट गरेकी थिइन्–‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ ब्युरोका अनुसन्धान अधिकृतहरूसँग उनले सो पोष्ट आफ्नो नभएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्–‘यसमा म पनि अनभिज्ञ छु, मेरो संलग्नता छैन ।’

सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले  बताए । उनले भने–‘उहाँले अनुसन्धानमा सघाउँछु भन्नुभएको छ, फोटो दुरुपयोग गरेर पोष्ट गरिएको हुनसक्छ हामी त्यसतर्फ अनुसन्धान गरिरहेका छौँ ।’ नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी गैह्रकानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ । अवैध डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले उनलाई आइतबार बयानका लागी बोलाएको थियो । आफ्नो फोटो दुरुपयोग गर्नेबारे अनुसन्धान गर्न प्रियङ्काले आग्रह गरेकी छिन् । तर, उनले अनुसन्धानका लागि लिखित निवेदन दिएकी छैनन् ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...