Tuesday 27th January 2026

नागलैंडका सबै वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर


डा. हरिमोहन पोखरेल,कोहिमा /आगामी दिनहरूमा नागालैंड राज्यको सबै वडाहरूमा अनिवार्य रूपले निःशुल्क स्वास्थ्य शिविर लगाइनु पर्ने सुझाव सरकारलाई दिएका छन ।

राज्यका स्वास्थ्य विभागको तीन महिने बैठकमा बोल्दै सीएमओ नागालैंडले भने कि कोविदको महामारी पछाडि हामीले गाॅउ र पंचायत भित्रको साधारण मानिसहरूको स्वास्थ्य माथि ध्यान दिएका छैनौ ।त्यसैको फलस्वरुप नै आज राज्यमा बिरामीहरू निरंतर बढी रहेका छन ।

उनले अगाडि भने कि सबै रोगको निदानको लागि आज स्वास्थ्य शिविरशिविरको आवश्यकता परेको छ । हामीले चांदमारी, जुबुजा, साकाबामा आदिमा मेडिकल कैम्प लगायौ त्यसरी नै आगामी दिनहरूमा कोहिमा शहर भित्र पर्ने सबै जग्गामा मेडिकल कैंप लगाइने छ ।

उनले अगाडि थपे कि हामीले कोविदको प्रोटोकल फोलो गरिनुपर्ने छ ।जीवनमा आफूले माॅकस लगाउने, हात धुने तथा छह गजको दूरी राख्दै खोप समेत पनि लगाउनुपर्ने छ ।
यस तीन महिने बैठकमा कोहिमा जिल्ला उपायुक्त ग्रेगरी थेजाखोले पनि उपस्थित थिए ।

स्मरण रहोस् प्रत्येक तीन महिनामा DPDB (डिस्ट्रिक्ट प्लानिंग एण्ड डेवलेपमेंट बोर्ड ) को बैठक हुन्छ ।जसमा जिल्ला विकास संबंधमा चर्चा गरिन्छ ।
—–
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...