Thursday 3rd July 2025

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै


तीतोपाटी डटकम । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बैदेशिक रोजगार बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरेका हुन ।

बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता स्थानीय तहमार्फत निवेदन लिई नजिकको हकदारको बैंक खातामा सिधै जाने व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक संयोजक रहने गरी मन्त्रालय, विभाग, वीमा समिति, बैंकका प्रतिनिधि सम्मिलित वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली निर्देशक समिति पनि गठन गरिएको छ ।

बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग र बिरामी भएमा राहत रकम उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृतक श्रमिकको सन्नतिलाई शैक्षिक छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।

बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन लिने र सेवाग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएपछि सेवाग्राही कार्यालयमा धाउनुपर्ने बाध्यता हट्नेछ ।

 


सम्बन्धित शीर्षकहरु

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ  । उज्वेकिस्तानमा भएको खेलमा नेपालले…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इजरायलले गाजामा ६० दिने युद्धविरामको लागि सर्तहरूमा सहमति जनाएको र अवस्था बिग्रनु अघि हमासलाई सम्झौता…

चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात "माग्ने बुढा"को शिर्ष भूमिका रहेको नेपाली चलचित्र "माग्ने राजा" को टिजर सार्वजनिक भएको छ। आउदो…

प्रतिकृयाहरू
...