Friday 7th February 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग-१३


स्रष्टा परिचय

नाम : दीपक लोहनी
माता/पिता :
गायत्री लोहनी
शिवशरण लोहनी

जन्म मिति : १५ असार २०३१
जन्म स्थान : नुवाकोट
स्थायी बसोबास :
कुरिलो घर
काठमाडौं
शिक्षा :
स्नातक
लेखन विधा : आख्यान, काव्य, समीक्षा
विशेष रुचि : आख्यान
साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि
पहिलो प्रकाशन : २०४६ साल
पहिलो प्रकाशित कथा : “सानीकान्छी पोइल गई ?”
गरिमा २०५१, साझा प्रकाशन
पहिलो प्रकाशित लघुकथा : “मैले लेख्न छोडिदिएँ”
तन्नेरी २०५२
….

#प्रकाशित_कृति :
१. आन्दोलनले छट्पटाएका कलमहरू (कविता – २०४९)
प्रस्फुटन परिवार
२. असहमतीका पाइलाहरू (कथा- २०५०)
प्रतविम्व
३. दीपक र दीपकहरू (लघुकथा – २०७७)
नारी स्रष्टा समाज

#पुरस्कार :
१. राष्ट्रिय कविता मोहत्सव (नेपाल प्रज्ञा प्रतिष्ठान – २०५६)
२. हेमलता तघुकथा सम्मान – २०७८ (प्रथम पटक)
३. अन्य केही

#संङ्लग्नता :
१. अभिव्यञ्जना साप्ताहिक साहित्यिक कार्यक्रम प्रस्तोता
(रेडियो अन्नपूर्ण नेपाल – ९४ मेगाहर्ज)
२. लघुकथाको सम्पादक
(साहित्यपोष्ट अनलाईन पत्रिका)
३. साप्ताहिक लघुकथा प्प्रतियोगिताको स्थायी निर्णायक
(साहित्यपोट अनलाइन पत्रिका)
४. एकादेशमा ..
संयोजक : समकालीन नेपाली कथाको मासिक वाचन सभा
(प्रस्फुटन परिवार)
५.. लघुकथा समाज नेपाल
बाग्मती प्रदेश, सदश्य
६.अर्गानिक लाइफ,
संयोजक : वातावरणीय जागरण अभियान

लघुकथा
आश्चर्य
-दीपक लोहनी

बुढाबुढी संगै सुतेका थिए । यो कुनै नौलो र आश्चर्यको कुरो थिएन । दुबै जना विपरित कोल्टे फर्किएर मोबाइल चलाउथे । यो पनि आश्चर्य थिएन । सामाजिक सञ्जालको बिगबिगीको कारण यो सब घरघरको काहानी थियो ।

मोबाइल चलाउँदै गर्दा बूढाको कन्डोले बूढीलाई छोएछ । बूढी रिसाई । रिसाई मात्र हैन जंगिई –
“मलाई किन हिर्काएको ? ”
एकसुरले मोबाइल चलाइरहेको बेला कसैको कन्डोले धक्का दियो भने रीस उढ्नु स्वभाविक नै हो ।
यो पनि आश्चर्य भएन ।

बूढीले रीसमा “सिमाठ्यास्नीको सन्तान” भनि ।
बूढाले पनि आवेशमा “वाईफालेको सन्तान” भन्यो ।
बूढाबूढीको झगडा परालको आगो । सल्किन बेर लागेन । सल्कियो । सल्किएरै चोटा, कोठा र मझेरी हुँदै ठीक रातको १२ बजे झगडा आँगनमा ओर्लियो ।

चकमन्न रातमा खैलाबैला मच्चिएपछि छिमेकीहरूको निन्द्रा बिउँझियो । उनीहरू खैलाबैला पछ्याउँदै बूढाबूढीको आँगनमा आए । बूढाबूढी दुबै सिमाठ्यास्नी र वाईफाले भनेर कुर्लिरहेकै थिए ।

छिमेकीहरूको एक हुलले बूढाबूढीलाई घेर्यो र एकै स्वरमा प्रश्न गर्यो –
“झगडाको कारण के चाही हो ?”

बल्ल बूढाबूढीमा मोबाईल र सामाजिक सञ्जालको ह्याङ्ग टुट्यो । उनीहरू लाजले निथ्रुक्कै भिजे । बूढो लुसुक्क भीडबाट बाहिरियो । बूढीले म्याक्सी उचालेर आफ्नो अनुहार भीडमाझ छोपी ।
अब चाही बल्ल आश्चर्य भयो कि कसो ?!


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...