Wednesday 12th November 2025

सुर्खेतमा युवकको शंकास्पद मृत्यु प्रकरणः प्रहरी सहायक निरिक्षक विरूद्ध किटानी जाहेरी


कालीकोटका व्यवसायी कृष्ण हमाल (मिनी) को सुर्खेतमा शङ्कास्पद मृत्यु भएपछि मृतकका परिवारले प्रहरी सहायक निरीक्षक शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । मृतकका बुवा कालीकोट तिलागुफा नगरपालिका–३ का ५४ वर्षीय हिराचन्द्र हमालले आज प्रसनि धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरेका हुन् ।

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ । प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीमा भनिएको छ, ‘शरीरका विभिन्न संवेदनशील भागमा चोटपटक लागेका कारणबाट मृत्यु भएकाले निज अन्यायीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा ७७ बमोजिम ज्यानसम्बन्धी कसुर अपराध गरेकाले तत्काल पक्राउ गरी कानूनबमोजिम हदैसम्मको सजाय गरी पाउनुको साथै क्षतिपूर्तिसमेत दिलाइ पाऊँ ।’

व्यवसायी हमालको मृत्युको विषयलाई लिएर शनिबार वीरेन्द्रनगरमा तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...