Monday 9th February 2026

प्रहरीको कुटपीटबाट युवकको मृत्यु भएको भन्दै सुर्खेत तनाबग्रस्त


सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा मृतकका परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । शव अहिले सुर्खेत अस्पतालमा छ ।

सुर्खेतको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नीलडाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ भने मृत्युका बारेमा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...