Monday 19th January 2026

प्रहरीको कुटपीटबाट युवकको मृत्यु भएको भन्दै सुर्खेत तनाबग्रस्त


सुर्खेतमा प्रहरीको कुटपिटबाट कालिकोटका युवकको मृत्यु भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले नियन्त्रणमा लिएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिबार विहान सुर्खेत अस्पतालमा मृत्यु भएको थियो । सोही घटनालाई लिएर सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित जत्थाले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पुर्‍याएका छन् ।

बाँकेको नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा मृतकका परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । शव अहिले सुर्खेत अस्पतालमा छ ।

सुर्खेतको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएका हमाललाई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदा गर्दा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । तर स्थानीयले शवमा नीलडाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ भने मृत्युका बारेमा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...