Sunday 18th October 2026

कल्पना दाहाल र कार्साङ तामाङको ‘जिन्दगानी बगेको खोली हो’ छिट्टै सार्बजनिक हुँदै


तीतोपाटी डटकम-नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम ‘जिन्दगानी बगेको खोली हो’ बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्।

रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत र अहिले छुट्टीमा नेपालमा रहेका कार्साङ तामाङको लय,शब्द र सृजनामा तयार भएको यस एल्बममा कल्पना दाहाल, कार्साङ तामाङ र रूपनारायण लामिछानेको आवाज सुन्न सकिने छ। दिनेश पराजुलीको छायाँकन रहेको यस एल्बममा माधब श्रेष्ठको नृत्य निर्देशन रहेको छ।

यस एल्बममा सामाजिक सञ्जाल टिकटक मार्फत आफ्ना नृत्यकला प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल जोडी गणेश लामा, सीता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको छ ।

गायक तथा सर्जक कर्साङ तामाङको यस अघी पनि सिन्धु मेलम्ची हाम्रो गाउ, धोका दियौं किन?, जान पाइन घरमा जस्ता दर्जनौ सफल सिर्जना यस अघि पनि बजारमा आइसकेका छन । यस एल्बमको अडियो भिडियो कार्साङ तामाङ अफिसियल युटुब च्यानलमा हेर्न र सुन्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...