Saturday 31st October 2026

कल्पना दाहाल र कार्साङ तामाङको ‘जिन्दगानी बगेको खोली हो’ छिट्टै सार्बजनिक हुँदै


तीतोपाटी डटकम-नेपाली लोकदोहोरीको क्षेत्रमा आफ्नो सुरिलो आवाज र गहकिलो टुक्का जोड्ने कला मार्फत सबैको मन जित्न सफल गायिका कल्पना दाहाल र गायक तथा सर्जक कार्साङ तामाङले रमाईलो तथा मौलिक सिर्जना दोहोरी एल्बम ‘जिन्दगानी बगेको खोली हो’ बजारमा ल्याउने अन्तिम तयारि गरेका छन्।

रोजगारीका क्रममा दक्षिण कोरियामा कार्यरत र अहिले छुट्टीमा नेपालमा रहेका कार्साङ तामाङको लय,शब्द र सृजनामा तयार भएको यस एल्बममा कल्पना दाहाल, कार्साङ तामाङ र रूपनारायण लामिछानेको आवाज सुन्न सकिने छ। दिनेश पराजुलीको छायाँकन रहेको यस एल्बममा माधब श्रेष्ठको नृत्य निर्देशन रहेको छ।

यस एल्बममा सामाजिक सञ्जाल टिकटक मार्फत आफ्ना नृत्यकला प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल जोडी गणेश लामा, सीता लामा र पार्वती तामाङको मुख्य अभिनय रहेको छ ।

गायक तथा सर्जक कर्साङ तामाङको यस अघी पनि सिन्धु मेलम्ची हाम्रो गाउ, धोका दियौं किन?, जान पाइन घरमा जस्ता दर्जनौ सफल सिर्जना यस अघि पनि बजारमा आइसकेका छन । यस एल्बमको अडियो भिडियो कार्साङ तामाङ अफिसियल युटुब च्यानलमा हेर्न र सुन्न सकिनेछ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...