Thursday 1st October 2026

नेपाल-कुवेत कुटनैतिक सम्बन्ध ५० वर्ष पुगेको उपलक्ष्यमा दूतावासमा अन्तरक्रिया सम्पन्न


तीतोपाटी – कुवेतस्थित  नेपाली दूतावासको आयोजनामा  शुक्रबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसर पारेर  उक्त कार्यक्रम आयोजना गरिएको थियो । नेपाली दूतावासको सभाहलमा आयोजित  कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले  विशेष मन्तब्य राख्दै नेपाल-कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुग्दा  दुई देश बिच सुमधुर सम्बन्ध रहेको बताउदै कुवेतले  नेपाललाई  धेरै सहयोग पुर्याएको चर्चा गर्नु भएको थियो ।

पछिल्लो पटक कुवेतको श्रम बजारमा नेपालीहरुलाई ठुलो अवसर प्राप्त भएको बताउदै बिभिन्न क्षेत्र, तह र पदमा धन्नै ४० हजार नेपाली कामदारको माग आएको समेत जानकारी गराउनु भएको थियो। एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले  सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्दै शुभकामना मन्तब्य साथै  कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट मिनिस्टर काउन्सिलर प्रकाशमणि पौडेलको  स्वागत र द्वित्तीय सचिब श्रीकृष्ण सिलवालको संचालनमा सम्पन्न भएको थियो ।

नेपाली दूतावास सहित  नेपाली संघ सस्थाका प्रतिनिधि समाजसेवी बुद्दिजिबि पत्रकार लगयातको सहभागितामा  “प्रवासी नेपाली श्रमिकको दृष्टिमाअबको वैदेशिक रोजगारः अनुभव  र अवसरहरु” विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। धन्नै दुई दर्जनले  सहभागीहरुले अनुभव सुनाएका थिए भने अवसरका बारेमा चर्चा गरेका थिए तर कतिपय सहभागीले  विषयवस्तु भन्दा बाहिर गएर दूतावासका   कमीकमजोरी औल्याउदै ध्यानाकर्षण गराएका थिए  ।  सहभागीले आफ्ना कुरा राख्दै गर्दा बिचमा नै प्रतिक्रिया जनाउदा प्रसङ्ग नै मठारिएको थियो  ।

अन्त्यमा  अन्तरक्रिया  कार्यक्रममा उठाईएको सवालहरुको जवाफ दिदै महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले  यहाँको नियम कानुन भित्र रहेर गरिने हरेक  सकारात्ममक कार्यको लागि साथ सहयोगको  आफु र  दूतावास  सधै कुवेतबासी नेपालीहरुको साथमा रहेको बताउदै दूतावासकाे हटलाईन टेलिफोन, इमेल तथा फेसबुक पेजकाे माध्यमबाट सम्पर्क गर्न समेत आग्रह गर्नु भएको थियो  ।

दुतावासले कार्यक्रम सम्पन्न हुनासाथ आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको बिज्ञप्ति जस्ताको तस्तै:-

May be an image of text


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...