Sunday 11th January 2026

यूएईमा कार्यरत पत्रकार पाण्डेको रिहाइको पहल गर्न सरकारसँग महासंघको आग्रह


तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघले यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ । नेपालमा रहँदा समाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसकै आधारमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको भन्दै महासंघमा महासचिव रोसन पुरीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यूएईमा रहेर पाण्डेले उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्दै आएका थिए । पत्रकार पाण्डेलाई नेपालमा रहँदा पुस २३गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्न रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको महासचिव पुरीले बताएका छन् । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।

नेपालमा रहँदा लेखिएको स्टाटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र यूएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको भनाइ छ। घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईस्थित नेपाली दूतावासको महासंघले ध्यानाकर्षण गराएको कान्तिपुरले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...