Monday 30th March 2026

अडियो ‘लिक’ भएपछि पलले खोले मुख- निर्दोष समीक्षालाई मेराविरुद्ध उकासियो


तीतोपाटी डटकम-गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् । उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् ।

‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको जस्तो भएता पनि उक्त आवाज मेरो हो भन्नेमा पूर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोगमार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न-भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरूलाई हाम्रो वास्तविक जीवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केही पुरुष सहकर्मी (व्यावसायिक प्रतिस्पर्धी) ले निज गायिकालाई मेराविरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरूले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिपोर्टले थप पुष्टि गरेको छ ।’

उनले आफूविरुद्ध आएका समाचारहरू वास्तविकताभन्दा टाढा रहेका भ्रमित नहुन अपिलसमेत गरेका छन् । ‘एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिबेटीको नाम र तस्वीरसमेत सार्वजनिक गर्दै मसँग हुँदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन,’ उनले भनेका छन् ।

उनले आफूसँग आफ्नो प्रतिस्पर्धीहरूले गायिकालाई उकासेको अडियोलगायतका प्रमाण आफूसँग रहेको र आधिकारिक निकायले माग गरेका पेश गर्ने पनि बताएको लोकान्तरले छापेको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...