Monday 29th April 2024

बुलन्द आवाज प्रमोमा स्वाभिमानको आवाज, कार्यक्रम न्युज24मा हरेक शनिवार साँझ ६ः३० बजे आउदै


काठमाडौं । परदेशमा लामो समय पसिना बगाएका सञ्चारकर्मी राजन नेपाल प्रस्तोता रहेको बुलन्द आवाज कार्यक्रम अब मुलधारमा आउने भएको छ। कार्यक्रमको प्रमोमा जय स्वाभिमान अभियानका परिकल्पनाकार प्रेम बानियाँले आवाज दिएका छन् ।

न्युज24मा फाल्गुन १४ गतेबाट प्रसारण हुने बुलन्द आवाज कार्यक्रम हरेक शनिवार साँझ ६ः३० बजे आउने छ ।

सामाजिक कार्यमार्फत आफ्नो पहिचान बनाउदै आएका सञ्चारकर्मी नेपालको पहलमा केही समय पहिले मात्र तारकेश्वर नगरपालिका कुञ्चिप्वाकलमा रु. ६८ लाखमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको थियो । उनको पहलमा बनेको वाल-कम्पाउन्ड सहितको नब–निर्मित स्वास्थ्य भबन तथा स्वास्थ्य सामाग्रीहरू माननीय स्वास्थ्य मन्त्री बिरोध खतिवडा मार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । पारदर्शिताका लागि उनले स्वास्थ्य भबन निर्माणमा सहयोग गर्नेहरुको नाम शिलालेखमा आय–ब्यय सहित राखेका छन् ।

यस पहिले पनि नेपालकै पहलमा वृद्ध अशक्त माइला श्रेष्ठको लागी घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो । यति मात्र होइन, बिभिन्न समयमा आइ पर्ने प्राकृतिक प्रकोपहरू लगाएत उपचार खर्च नपाएर छट्पटाएका बिरामीहरूका लागी अभियाननै सञ्चालन गरि उनले सहयोग जुटाउदै आएका छन् ।

https://youtu.be/py5-hwaqhgY


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...